logo

बीरगंजमा राष्ट्र संघको नमुना सभा हुदैे महिला हिंसा र वतावरणको बिषयमा गम्भिर छलफल हुने

      12/23/2019 गते 00 00 मा प्रकाशित     1233   पटक पढिएको

बीरगंज ७ पुष । 
वीरगञ्जमा यही पौष ११ गतेदेखी १३ गते सम्म  सयुक्त राष्ट्र संघको पहिलो नमुना सभा हुने भएको छ । 
बैचारिक युवा समाज र अमेरीकी दुतावास नेपालको सहकार्यमा प्रदेश न . २ मै पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका छन  ।

 

वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा आयोजकले यस्तो जानकारी गराएका हुन ।


नमुना सभामा प्रदेश न. २ का ८ वटै जिल्लाबाट बिभिन्न क्षेत्रका ६० जना युवा बिद्यार्थीहरुको सहभागिता रहने छ । पर्साबाट ४० जना र अन्य जिल्लाबाट २० जनाको सहभागिता रहने बैचारिक युवा समाजका दीलीप हजराले जानकारी दिनु भयो ।

 

बीरगंज संयुक्त राष्ट्र नक्कल  २०१९ को छलफल प्रदेश २ मा देखिएका  समस्यामा आधारित  हुनेछन्  । संयुक्त राष्ट्र संघको सभाको नक्कल गरिए पनि छलफल बहुपक्षिय कुटनीतिक परिवेशमा हुनेछ र सहभागीहरुले कुटनीतिज्ञ एवं राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्ने निमेशवावु ओलीले बताउनु भयो।कार्यक्रमले संयुक्त राष्ट्रसंघका बिभिन्न समितिहरुले कसरी काम गर्छन ।

 

त्यहाको छलफल कसरी चलाइन्छ । सानो वा ठुलो राष्ट्रको भेद हुन्छ या हुदैन भन्ने बिषयमा सहभागिहरुले कार्यक्रमका माध्यमले यथेष्ट जानकारी लिने हजराले बताउनु भयो ।


सहभागिहरु मध्य कोही भोलीका दिनमा संयुक्त राष्ट्रसंघको सेवामा प्रवेश गरे या राष्ट्रको प्रतिनिधि भएर जादा पनि संयुक्त राष्ट्रसंघ कसरी संचालन हुन्छ भन्ने कुराको ज्ञान हुने भएकोले प्रस्तुती राम्रो हुने निमेश ओलीले बिश्वास ब्यक्त गर्नु भयो ।

 विकासको लागि नीतिगत निर्णय लिइदा वतावरणीय प्रभावलाई समेत एकिकृत रुपमा ध्यान दिने  र दक्षिण एशियामा महिला विरुद्ध हुने हिंसा अन्त्य गर्ने र  जीवनको गुणस्तरको विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा नमुना सभामा गहन छलफल हुनेछन ।  


कार्यक्रममा  सहभागीहरुले विभिन्न देशका राष्ट्र प्रमुखहरुको भूमिका निर्वाह गर्दै बौद्धिक छलफलमा आबद्ध हुनेछन् र विभिन्न नीतिहरुमा आफ्नो प्रगतिशील, रचनात्मक  विचार र दृस्टीकोणहरु आदान प्रदान गर्नेछन्  । 

यसैगरी ७ वटै प्रदेशमा कार्यक्रम समापन भइसकेपछि त्यसमध्येबाट छनौट भएकाहरुलाई काठमाण्डौमा हुने अन्तराष्ट्रिय सम्मेलनमा पनि सहभागि गराइने संस्थाका निमेश बाबु ओलिले जानकारी दिनुभयो ।

 


युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकास गराउने र राष्ट्रनिर्माणमा युवाहरुको सहभागिता गराउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.