logo

पर्सामा वालिका बलात्कारको संख्या बढदो ,नियन्त्रण पक्ष बलियो बनाउन जोड

      12/25/2019 गते 00 00 मा प्रकाशित     1016   पटक पढिएको

बीरगंज १० पुष  ।
पर्सामा ६९ वटा विभिन्न मानवअधिकारका उल्लंघनका घटनाहरु भएको तथ्यांक सार्वजनिक भएको  छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको नेपाल मानवअधिकार बर्ष पुस्तक २०२० को बार्षिक पूर्व समिक्षामा गोष्ठीमा यो तथ्य सार्वजनिक गरिएको हो ।

 

इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले तथ्यांक सार्वजनिक गर्दै पर्सामा २०७५ पुस १८ गतेदेखि ०७६ पुष १० गते सम्म  सबैभन्दा बढी बलात्कारको  घटना भएको जानकारी गराउनुभयो ।

 

सार्वजनिक गरिएको तथ्यांक अनुसार पाँच बर्षदेखि १८ बर्षमुनिका बालिका बलात्कारको २५ वटा घटना भएको छ । १९ बर्षदेखि माथिका १८ वटा बलात्कारको  घटना भएको छ । त्यसैगरी ८ वटा आफन्तजन र परिवारजनबाटै हत्या भएको छ ।

 

बाल यौनदुव्र्यवहारका दुईवटा, हत्या प्रयास १ र अपरणको एउटा घटना भएको छ । त्यस्तै प्रहरीको गोली प्रहारको दुईवटा घटना भएको छ । मानव बेचविखनको चारवटा घटना भएको छ । एसिड प्रहारमा एउटा र बहुविवाहमा ६ वटा घटना इन्सेकले अभिलेख गरेको लामिछानेले बताउनुभयो ।

 

इन्सेकको अभिलेखमा छुवाछुतको घटना भने अभिलेखिकरण भएको छैन । मानवअधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले ९४ प्रतिशत अनुसन्धानमा नेपाल प्रहरी सफल भएको दावी गर्नुभयो । तथापी नियन्त्रण पक्ष बलियो हुनुपर्नेमा उहाँको जोड थियो ।

 

अपराधको घटना दर्ता हुदैमा अपराधमा वृद्धि भएको भन्न नमिल्ने बताउदै उहाँले यसमा घटना उजागर भएको भन्ने कोणबाट पनि हेर्नुपर्ने बताउनुभयो । पर्सा जिल्ला खुला सीमाका कारणले निकै अपराध नियन्त्रणमा निकै चुनौती रहेको बताउदै अपराध गरेर भाग्न सजिलो भएकोले नै भारतसँग सुपुर्दुगी सन्धी नभएकोले कारवाहीको दायरामा ल्याउन समस्या हुने गरेको बताउनुभयो ।

 

 कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले मानवअधिकारको सवालमा राज्य उदासिन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको  सिफारिस कार्यान्वयन नहुनु दुखद भएको बताउनुभयो ।

 

तरपनि समाजमा हुने विभिन्न किसिमका मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गरेको भन्दै इन्सेकले गरेको कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, मानवअघिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक पर्साका प्रतिनिधि के.सी. लामिछानेले गर्नुभएको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.