logo

राष्ट्रियसभा सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामाना कार्यक्रम सम्पन्न 

      1/26/2020 गते 00 00 मा प्रकाशित     885   पटक पढिएको

वीरगन्ज, १२ माघ । राष्ट्रियसभामा निर्वाचित सदस्यहरुले जनता र राष्ट्र हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपा र राजपाले संयुक्त रुपमा आज वीरगन्जमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा उनीहरुले दुवै दलको सम्बन्ध चीरकाल स्थायी रहनेमा विश्वास व्यक्त गरे ।

नेकपाको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित तुलसा दाहालले नेकपा र राजपाको गठबन्धनले प्रदेश नम्बर २ मा ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै त्यसलाई अझ उचाईमा पु¥याउन सहकार्य आवश्यक रहेको बताउनुभयो । नेकपा र राजपाको पहिलो कडी सफल भएको र आगामि दिनमा पनि सँगसँगै गएर प्रदेश २ को समग्र विकासमा पनि हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

निर्वाचित भएपछि जनता र राष्ट्रको हितका लागि लागिरहने र पार्टीको निर्देशनलाई नभुल्ने बताउनुभयो । उहाँले कही कतै भूल गरेर बाटो विराएपनि जनता र पार्टीले त्यसलाई ठीकढंगले सचेत गराउछ भन्नेमा विश्वास व्यक्त गर्नुभयो । मधेसको पहिचान र विकासको कुरामा कानुन निर्माण तथा स्थानीय, प्रदेश र सरकारसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश नम्बर २ मा रहेको कुरिती अन्त्य, लैंगिक विभेद अन्त्यको लागि पनि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले राजपा नेपालले मधेसको सवालमा उठाउदै आएको मागलाई सम्बोधन गर्ने इमान्दार पार्टी नेकपा नै देखिएकोले गठबन्धन भएको र जित पनि हासिल गरेकोले अब दुवैदलले मिलेर संविधान संसोधनलाई पनि अगाडि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेकपा पर्साका अध्यक्ष प्रभू हजराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला सचिव विजय महतो थारु, संविधानसभा सदस्य प्रद्युम्न चौहान, राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुद्दीन समानी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, जिल्ला संयोजक नीरज पिठाकोटे मगर, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ,

जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी महतो, प्रदेशससभा सदस्य रमेश पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई पूmलमाला अविर र दोसल्ला ओढाएर सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.