वीरगन्ज,१३ माघ । वीरगन्जमा लागु हुन गइरहेको उज्यालोग वीरगन्ज योजना बारे नगर प्रमुख विजय कुमार सरावगी र उर्जा मन्त्री बर्षमान पुनसगबबीच आज छलफल भएको छ ।
नगर प्रमुख सरावगीको बिशेष पहलमा महानगरपालिकाको ३२ बटै वडामा एकै साथै लागु हुन गइरहेको उज्यालो वीरगन्ज अन्तर्गत नेपाल बिधुत प्रधिकरणद्धार गरिने कामलाई उघाउन नगर प्रमुख सरावगी र उर्जा मन्त्री बिच छलफल भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका भित्र नेपाल बिधुत प्राधीकरणको १५हजार बिधुतको पोलमा पाचौ तार जडान गरि ३०१ सब स्टेशनद्धारा समय अनुसार स्वचालित स्वीचिर्ग सिस्टमलाई नेपाल बिधुत प्राधिकरणद्धारा छिटो छरितो लागु गराउने बिषय बिच छलफछ भएको नगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।
उर्जा मन्त्री पुनले नेपालमै पहिलो पटक विरगन्ज महानगरपालिकाले लागु गर्न गइरहेको उज्यालो वीरगन्ज योजना राम्रो भएको प्रशंसागर्दै सार्वजनिक स्थलहरुमा दिनमा अनावश्यक बत्ती बलिरहने परम्पराको अनत्यकालागी राम्रो उदाहरण स्थापित हुने आशा व्यक्त गर्नुभयो । भेटमा मेयर सरावगी संगै प्रेस सल्लाहकार गोविन्द देवकोटाको पनि सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया