logo

किर्ते कु कार्यमा नटवरलाल कहलिएका सलिम खैरो हेरोईनमा पनि जाकिने प्रबल सम्भावना !

 इसीमाना सम्वाददाता     २०७८ सावन २ गते ००: ०० मा प्रकाशित     750   पटक पढिएको

वीरगंज २ साउन 

भारतका कुख्यात मानिने नटवरलाललाई पनि मात गर्न सक्ने हैसियत राखेका बहुदरमाई नगरपालिका वडा नं.३ का अजित मियाँ हजामका छोरा ३७ वर्षिय सलिम मियाँ हजाम यतिखेर जग्गा सम्बन्धी मुद्दा बाहेक लागु औषध खैरो हिरोईनमा मुच्छिएका छन् ।

 

गत बैशाख ५ गते रक्सौलबाट उक्त लागु औषध बोकी ल्याउदाँ घण्टाघर नजिकै प्रहरीको चेकजाँचमा उनको पाईन्टको गोजीबाट प्रहरीले ब्राउनसुगर बरामद गरेर अनुसन्धानहरु गरी नीज सलिमलाई सजायको माग दावी गर्दै गएको शुक्रवार साउन १ गते जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गरेको छ ।

 

यिनै सलिम मियाँलाई पर्सा जिल्ला अदालतले सरकारी कागज किर्ते मुद्दामा किर्ते कागज गरेको ठहर गर्दै नीज मियाँलाई माननीय जिल्ला न्यायधीश धर्मराज पौडेलले असार १० गते एक वर्ष को कैद सजाय सुनाउनु भएको छ ।

 

सलिम र उनका ससुरा ईस्माईल मियाँले मुर्ली प्रसाद कायस्तको नाममा पर्सा गविस वर्वागोग वडा नं.७ मा रहेको कि.नं. २८० को क्षेत्रफल २ धुर ८ कनवा र ऐ. किता नं. २८२ को क्षेत्रफल १४ कठठा जग्गाहरु पर्सा जिल्ला अदालतबाट ०६७।१।७ गतेमा पास भएको अधिकृत वारेशनामामा ससुरा ज्वाँईहरु एक आपसमा मिली ससुरा ईस्माईल मियाँसंग रहेको अर्काे अधिकृत वारेशनामामा आफू खुशी ‘खरिद, विक्री हक हस्तान्तरण तथा भन्ने वाक्यांस थपी सरकारी कागज किर्ते गरी उक्त जग्गाहरु मिती ०६७।८।१२ मा मालपोत कार्यालय पर्साबाट र.नं. १०१६ ख बाट पारित गराएका थिए ।

 

सोही किर्ते कागजमा सलिम मियाँ तथा उनको ससुरो माथि ०७६।८।२ मा जाहिरी पर्दा सलिम मियाँ अनुसन्धानको क्रममा उतीखेर पनि केही रात प्रहरी हिरासतमा कटाएका थिए ।

 

विभिन्न काण्डमा नटवरलालको पगरी गुथेका सलिम मियाँले हालैमा अदालतले गरेको एक वर्षको कैद फैसला नकटाउदै उनीमाथि पर्सा प्रहरीले थप अर्काे लागु औषध खैरो हेरोईनमा लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४(घ)(ङ)र (च) बमोजिमको कसुरमा ऐ. दफा १४ (१) (छ)(१) बमोजिम सजायको माङ्ग दावी गरी पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

सम्भव त भोली ३ गते पुरपक्षको लागि हुने बहसमा बाहिरी शक्तिले न्यायलयको ठहरमा चलखेल गरेन भने नीज सलिम मियाँलाई प्रहरीको माङ्ग दाबी अनुसार थप ५ वर्ष देखि १० वर्ष सम्म कैद र जरिवाना हुन सक्ने कानून व्यवसायीहरुले सम्भावना व्यक्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.