logo

गाउँमा आएको सिंहदरबारको निगरानी गर्न जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ : काउन्सिल सदस्य चौंलागाई  

      2/7/2020 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

वीरगन्ज, २४ माघ । प्रेस काउन्सिलका सदस्य गोविन्द चौंलागाईले सञ्चार माध्यम र संचारकर्मीहरुले अहिले गाउँ गाउँमा आएको सिंहदरबारको गतिविधिको निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

वीरगन्जबाट प्रकाशित हुने पर्दाफास दैनिकको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उदघाटन गर्दै उहाँले नेपालमा विभिन्न चरणको आन्दोलनले जनताको अधिकार स्थापित गरेको बताउदै त्यसको सही कार्यान्वयनका लागि अहिले सिंहदरबार गाउँ गाउँमा आएकोले त्यसको निगरानी गर्न आवश्यक रहेको औल्याउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका काउन्सिलका सदस्य चौलागाईले व्यावसायिक पत्रकारिताले मात्रै देशको परिवर्तन र विकास सम्भव भएकोले अहिले गाउँमा आएको सिंहदरबारले काम गरेको  छ की छैन भन्ने निगरानी गर्नुपर्ने बताउनुभयो । पत्रकारहरु पनि देशको नागरिक नै भएकोले पत्रकारलाई पनि कानुन लाग्ने हुँदा पत्रकारहरुले आफ्नै नैतिक बन्धनमा रहेर जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो ।

पत्रकार आचार संहिताको दायरामा रहेर भाषा छनौटमा पनि संवेदनशील भएर पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो । पत्रिका प्रकाशन आर्थिक दृष्टिकोणले निकै कठिन भएको र गुनासोहरु पनि धेरै रहेकोले त्यसको सम्बोधनका लागि प्रेस काउन्सिलले प्रयास गरिरहेको बताउनुभयो । मापदण्ड पुगेका र निरन्तर पत्रकारिता गर्नेहरुलाई महासंघको सदस्यता दिनुपर्नेमा पनि चौंलागाईले जोड दिनुभयो ।

पर्दाफास दैनिक पत्रिकाका प्रकाशक एवं प्रवन्ध निर्देशक राघव साहको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्यहरु, विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रद्युम्न चौहान, नेकपाका पर्सा इन्चार्ज रामचन्द्र साह, पर्सा अध्यक्ष प्रभु हजरा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, पर्सा अध्यक्ष नीरज पिठाकोटे, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साह, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, कानुन व्यवसायी संघका केन्द्रीय सदस्य प्रमोद साह लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.