logo

भूमि सम्बन्धी आयोग बिघठन नगर्न राष्ट्रिय भुमी अधिकार मञ्च नेपाल पर्साको माँग 

 इसीमाना सम्वाददाता     २०७८ सावन १० गते ०६: ४७ मा प्रकाशित     842   पटक पढिएको

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल पर्साले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । 


मञ्चका पर्सा अध्यक्ष अर्जुन नेपालको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत  प्रधानमन्त्रीको कार्यालय एवं भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सिंहदरवारलाई  ज्ञापन पत्र बुझाएको हो ।  

भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न  आयोगले पर्साको १४ वटै  स्थानीय तहमा  सम्झौता गरेको छ ।

 

 ठोरी  र पटेर्वा सुगौली गाँउपालिकाले लागत संकलन कार्य सकेका छन ।  नाप नक्साको कार्य भईसकेको अवस्थामा जग्गा बितरण कार्यको सुनिश्चिता  नगरी आयोग बिघटन गर्नु उचित नहुने मञ्चले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।  

 


हाल भईरहेको कामलाई असर पार्ने गरी  कुनै पनि निर्णय नलिन ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घिमिरेले आयोग बिघटन नभएको जानकारी गराउदै ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने बताउनु भयो  ।

 

सो अवसरमा मञ्चका सचिव संजय पहरी, प्रदेश कोषाध्यक्ष सिता लामा, जिल्ला सदस्य ईन्द्रदेवी माझी, हरी महतो धांगड, रामायण चौधरी, गणेश माझी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.