logo

पसागढी नगरपालिकामा लेखा अधिकृतको असयोगका कारण लाखौ रकम फ्रिज, उपभोक्ता समितिहरु मर्कामा

लेखा अधिकृतका बिरुद्ध कानूनी कारावाहीमा जाने प्रमुख यादवको भनाई,भूक्तानीकालागि कुनै दवाव दिइएको छैन

 इसीमाना सम्वाददाता     २०७८ सावन ११ गते ०८: २२ मा प्रकाशित     1503   पटक पढिएको

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले सरुवा भइ गएका लेखाअधिकृत राम कुमार कुशवाहा बिरुद्ध कानूनी बाटो अख्तियार गर्ने बताउनु भएको छ । 

 


गत आर्थिक वर्षको अन्त्यसम्ममा काम सम्पन्न भएर पेश गरिएका प्रतिवेदन र बिल भर्पाई अनुसारको कागजातको आधारमा दिनु पर्ने भूक्तानी दिन नियतवस आनाकानी गरेकोले कारावहीको प्रक्रियामा जानु पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

 

उहाँले पर्सागढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारको सवालको जवाफ दिदै प्रमुख यादवले पदीय मर्यादाको ख्याल नगर कार्यालयको गाप्यता समेत भंग गरेकोले लेखा अधिकृत कारवाहीको भागीदार भएको बताउनु भयो ।


लेखा अधिकृतको बदनियतका कारण नगरपालिकाले कार्यदेश दिएर सम्पन्न भएका कामहरुको भूक्तानी समेत दिन नसकिएको उहाँले बताउनु भयो। शर्सत अनुदानको १ करोड भन्दा बढी रकम फ्रिज भएको समेत उहाँले जानकारी दिनु भयो ।

 

शर्सत अनुदानको काम सम्पन्न गरेर बिल भर्पाइ र प्रतिवेदन असार १४ गते नै लेखा प्रमुखलाई बुझाउदा समेत त्यसको भूक्तानी नदिइएको र भूक्तानी दिन नमिल्ने भए त्यसको बिषयमा कार्यालय प्रमुखलाई राय दिनु पर्नेमा त्यो पनि नदिएको उहाँले बताउनु भयो । 


पर्सागढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादवले आफू समक्ष लिखित वा मौखिक कुनै पनिरुपमा भूक्तानी दिन नमिल्ने भन्ने राय नआएको प्रष्ट पार्नु भयो । भूक्तानी दिन नमिल्ने भनेर कुनै फाइल पनि फिर्ता नआएको उहाँले बताउनु भयो । 

 


अधिकृत कुशवहाले सदैव आलटाल गर्नु भयो कहिले बिरामी भए कहिले छोराको जन्मउत्सव छ भन्दै कार्यालय आउनु भएन ,पहिला खाता खोल्न उहाँले अनाकानी गर्नु भयो , पछि सरुवाकोलागि सहमती माग गर्नु भयो उहाँको माँग अनुसार सरुवाको सहमती पनि कार्यालयले दियो ।

 

लेखा अधिकृत कुशवाहले आफले नै जेठ २३ सरुवा सहमती लिएको बताउनु भयो । उहाँले सरुवा आफैले माागेको बताउनु भयो । उहाँले आफूलाई पर्सागढी बस्नु छैन भन्दै कानून सम्मत सरुवाको आफनो माँग रहेको बताउनु भयो ।

 

कार्यालय आउदिन भनेका अधिकृत पर्सिपल्ट कार्यालयमा देखा पर्नु भयो र काम गर्छु भन्नु भयो नगरप्रमुख यादवले भन्नु भयो ठिकै छ हामीले सरुवा गर्न खोजेको होइन काम गर्नुहुन्छ भने ठिक छ भन्यौ तर उहाँले काम गर्ने भन्दा पनि अड्काउने काम ज्यादा गर्नु भयो ।

 

अन्तिम समय सम्म पनि उहाँले काम गर्नुहोला भन्ने हामीलाई लागेको थियो  प्रमुख यादवले भन्नु भयो ३० गते दिउसो २ बजे खाजा खान जान्छु भनेर हिडेपछि उहाँ आउनु भएन मोवाइल स्वीच अफ भयो राती १२ बजे पछि चेक काट्न मिल्ने अवस्था थिएन ।

 

यसरी धेरै उपभोक्ता समितिहरु अन्य साझेदारहरुले गरेको कामको भूक्तानी दिन नसक्ने अवस्था बन्यो ।  भूक्तानीकालागि  लेखा अधिकृतलाई कुनै दवाव नदिएको उहाँले बताउनु भयो । लेखा अधिकृत कुशवाहाले जे पायो त्यही गराउने कामै नगरि भूक्तानी दिन लागाए पछि आफूले नमानेको दावी गनुृ भयो । 

 


नगरपालिका संबिधानप्रदत बिधि प्रक्रिया र सम्बन्धित ऐन नियमका आधारमा कानून बमोजिम संचालन हुने भएको हुदाँ कुनै पनि दवावपुर्ण भुक्तानी यहाँ सम्भव नरहेको र कोहि कसैबाट दवाब नभएको नगरप्रमुख यादवले बताउनु भयो ।


कुशवाहालाई संघीय मामिला मंत्रालयले पर्सागढी नगरपालिकाबाट जिल्ला समन्व समिति पर्सामा सरुवा गरेको छ । सरुवा भएपछि आर्थिक हर हिसवा राख्ने सफ्टवेयर सुत्रको पासवर्ड समेत बदली गरेको प्रमुख यादवले बताउनु भयो ।

 

पासवर्ड बदली भएका  कारण कति रकम फ्रिज भयो अन्य अवस्था के छ भन्ने कुरा थाहा हुन नसकेको र यस बिषयमा प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रण कार्यालय बीरगंजमा जानकारी गराइएको उहाँले जानकारी दिनु भयो । 


कुशवाहाले जेठ २८ मा सरुवा सहमती माग गर्नु भएको थियो । कार्यालयले उहाँको सरुवा प्रति सहमती पत्र सोही दिन दिएको थियो । साउन ५ गते चन ३६ को पत्र अनुसार संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुशवाहालाई अन्यत्र काजमा खटाएको हो ।

 

कुशवाहाको संलग्नता र समर्थनमा भएको सरुवा प्रकरणमा पर्सागढी नगरपालिकालाई बिभिन्न खालको आक्षेप लगाउनु गलत भएको प्रमुख यादवले बताउनु भयो । 


पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडाध्यक्ष किसुनदेव यादवले कार्यालय प्रमुखले सदर नगरेको तोक नलगाएको फाइलहरुको लेखा अधिकृत कुशवाहाले आफूखुशी चेक काटेर वार्गेनिङ सम्म गर्ने गरेको बताउनु भयो ।

 

लेखा अधिकृतको आचरण घोर भत्र्सना योग्य रहेको उहाँले बताउनु भयो । लेखा अधिकउत कुशवाहाले ३० गते नै केही फाइलहरु सदर गरेर आफैले चेक काटेको कार्यालयले जनाएको छ ।

 

कार्यालयले पसागढी नगरपालिकामा जात थर र नाताका आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएको भन्दै यसको सम्पूर्ण प्रक्रिया आवश्यक ब्यस्थापन मंत्रालयले गरेको जनाएको छ । कार्यक्रमको सहजीकरण भने पर्सागढी नगरपालिकाका नायव सुब्बा गिरीराज कडेलले गर्नु भएको थियो । 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.