logo

बीरगंजको भवानी अस्पतालमा तोडफोड ,नर्स र चिकित्सक माथि आक्रमण ,चार जना गिरफ्तार 

 इसीमाना सम्वाददाता     २०७८ सावन १७ गते ०६: १६ मा प्रकाशित     773   पटक पढिएको

बीरगंजको भवानी अस्पतालमा तोफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–२० का ३२ पर्षिय राकेश राम, ४४ वर्षिय सुरेश राम, २२ वर्षिय अक्षय राम र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं १ का २८ वर्षिय भीम रामलाई  पक्राउ गरेको हो ।  


बीरगंज महानगरपालिकाको वडा नं ८ लिंक रोडमा रहेको भवानी अस्पतालले जीउदै मान्छेलाई मृतघोषित गरेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालको ग्यालरीमा रहेको शिशामा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो।  

 

उनीहरुको अस्पतालको साइनबोड समेत फालीदिएका छन । फूटेको शिशाले लागेर बिरामीका एक जना कुरुवाको निधारमा पनि चोट लागेको छ ।  अस्पतालका प्रवन्ध निर्देशक राम श्रेष्ठका अनुसार मृतकका आफन्त र गाउँलेहरुले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि समेत आक्रमण गरेका छन् । 


उनीहरको आक्रमणबाट बीरगंज महानगरपालिका वडा नं १५ निवासी ३२ वर्षिय नर्स कविता चौधरी र बीरगंज महानगरपालिका वडा नं १३ निवासी २७ वर्षिय चिकित्सक बिजय महतोलाई चोट  लागेको छ । उहाँहरुको अस्पतालमै उपचार भएको छ । 

अस्पतालमा तोडफोड भएको सूचना पाएपछि पुगेको प्रहरी र प्रदर्शनकारीबीच समेत केहिबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गरेर भीडलाई तितर वितर पारेको थियो ।

उनीहरुका बिरुद्ध अस्पतालले जाहेरी दिने तयारी गरेको प्रवन्ध निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । प्रहरी नियन्त्रणमा रहेका चारै जनासंग आवश्यक सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका  खनालले जानकारी दिनु भयो ।

अस्पतालका निर्देशक रामराज श्रेष्ठका अनुसार पहिल्यैदेखि मुुटु रोगबाट ग्रसित ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएको थियो । चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।

अस्पतालले मृत घोषणा गरेपछि आफन्तले अन्तिम संस्कारका लागि लिएर गएका थिए । तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड गरे । मृत महिलालाई अन्तिम संस्कारकालागि बीरगंज महानगरपालिका २० मा रहेको मनियारी  लगिएको थियो । संस्कार पूर्व स्नान गराउने प्रचल छ ।

 

त्यही बेलामा मुख चलेको जस्तो लागेपछि आफन्तले महिलालाई पून अस्पताल पुरयाएका थिए । अस्पतालले फेरी पनि सबै परिक्षण गरेर मृत घोषणा गरेको थियो । मृतकका परिवारले कुरा बुजेका थिए तर मलामी जान तयार भएका ब्यक्तिहरुको भिडले कुरा नबुझी एक्कासी तोडफोड गरेको अस्पतालका प्रन्धक श्रेष्ठले जानकारी दिनु भयो । 

प्रहरी समयमै आएर स्थितिलाई नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको निर्देशक श्रेष्ठको भनाइ छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.