logo

हिन्दु मतको अपमान गर्ने  जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी होे — विहिप नेपाल

 इसीमाना सम्वाददाता     २०७८ सावन १७ गते ०७: ०७ मा प्रकाशित     804   पटक पढिएको

        विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

        भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको विरोधमा विश्व हिन्दु परिषद नेपाल आन्दोलित छ । डा. भट्टराईलाई कडा भन्दा कडा कारवाहीको माँग गर्दै ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष ओमप्रकाश साहले बताउनु भयो ।

 

बहुसंख्यक जनताहरुको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक साँस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्णी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको ज्ञापनमा उल्लेख छ ।

        परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साह, सचिव कुन्दन श्रीवास्तव र महानगर अध्यक्ष बृजेश मल्लीकले प्रमुख जिल्ला अधिकारी र जसपालाई ज्ञापन पत्र बुझाउँदै, हिन्दु आस्था संग खेलवाड गर्ने भट्टराईलाई कडा कारवाही नगरिए देशभरीनै आन्दोलन गर्ने चेतावनी दिएका छन ु।

        परिषदका जिल्ला अध्यक्ष ओम प्रकाश साहले जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी रहेको आरोप समेत लगाउनु भयो  । भट्टराईको  ट्विट्को विरोधमा देशभरी पुतला दहन हुदाँ समेत जसपा पार्टीले नजरअन्दाज गर्नु नै हिन्दु विरोधी पार्टी रहेको प्रमाणित रहेको उहाँले बताउनु भयो  ।

  डा. भट्टराईले हिन्दु समाजसंग माफी समेत नमाग्नुले बहुसंख्यक हिन्दुहरुको भावनालाई लत्याएको र हिन्दु मतको अपमान गरेकोले जसपा हिन्दु विरोधी पार्टी नै रहेको आफूहरुको ठहर रहेको अध्यक्ष साहले बताउनु भयो ।

  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.