logo

निलम्वीत सासँद रौनीयारले स्थापना गरेको पप्पु कन्स्ट्रक्शन तीन वर्षकालागि कालो सूचीमा 

      2/17/2020 गते 00 00 मा प्रकाशित     1182   पटक पढिएको

काठमाडौं, ५ फागुन । पर्साको क्षेत्र नं ३ बाट निर्वाचित भएर निलम्वीत भएका सासद हरिनारायण रौनीयारले  स्थापित गरेको बहुचर्चीत निर्माण कम्पनी पप्पु कन्सट्रक्सन तीन वर्षकालागि कालो सूचीमा परेको छ । 

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले  सोमबार सूचना प्रकाशित गर्दै पप्पु सहित केही कम्पनीहरूलाई कालोसूचीमा राखेको सार्वजनीक गरेको हो । सूचना अनुसार ती कम्पनीहरू न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

ठेकेदारहरुले जताततै ठेक्का लिने तर, काम भने लथालिङ्ग बनाउने गरेको व्यापक गुनासो बढिरहेका बेला सरकारले नाम चलेका ६ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

यसरी कालोसूचीमा पर्ने निर्माण कम्नपीहरुका पप्पु कन्स्ट्रक्सनसहित ६ कम्पनी रहेका छन् ।

थुप्रै निर्माणका कामहरू अलपत्र पारेको र गुणस्तरहीन काम गरेको भन्दै सर्वाधिक आलोचना हुँदै आएको श्री पप्पु कन्स्ट्रक्सन प्रा.लि.लाई सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसूचीमा राखिएको छ ।

अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेका ६ कम्पनीमध्ये तीन वर्षको लागि प्रतिबन्धित हुने एक मात्र कम्पनी हो ।

पप्पु कन्स्ट्रक्सनसँगै कालोसूचीमा परेका अन्य ६ कम्पनीहरूमा निशा सप्लायर्स–हेटौंडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा.लि. (काठमाडौं), बारा कन्स्ट्रक्सन (काठमाडौं), एच.बि. केसी निर्माण सेवा (सिन्धुपाल्चोक) तथा श्रीदेव सप्लायर्स(काठमाडौं) रहेका छन् । काठमाडौंको श्रीदेव सप्लायर्सलाई प्रहरी प्रधान कार्यालयले आफ्ना दुई ठेक्काका लागि कालोसूचिमा राखेको हो ।

पप्पु कन्स्ट्रकसन संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारले स्थापना गरेको कम्पनी हो । हाल यो कम्पनीलाई उनका छोरा सुमित रौनियारले चलाउँदै आएका छन् । संस्थापक रौनियारविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनको सांसद पद २०७५ साल असोज १९ गते स्वतः निलम्बनमा परेको थियो ।

कार्यालयले अन्य ६ कम्पनीलाई समान एक–एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको छ । यी सबै कम्पनीहरूलाई फागुन ४ गते आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीले अबदेखि तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.