logo

एक बाबुका दुई पुत्र एक बंशज नेपाली अर्को भारतीय छैन त बिचित्र !

 इसीमाना सम्वाददाता     २०७८ सावन १९ गते ०७: २८ मा प्रकाशित     1286   पटक पढिएको

एकै बाबुका दूई सन्तान एउटा नेपालको बंशज नागरिक अर्को भारतको । नेपाली नागरिकता धारण गरेको बाबुको  छोराले बंशज नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो  ।

 

तर नोपली नागरिकताको पत्तो नै नभएका बाबुको  सन्तानले बंशजको नागरिकता धारण गरेको बिषय अहिले चर्चामा छ ।  एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंसज नागरिक रहेको तथ्य फेला परे संगै यो बिषयले चर्चा पाएको हो ।  

भारत बिहार मुज्जफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझै पनि भारतीय नागरिक नै हुन ।

 

तर  कान्छोछोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंसज नागरिकता लिन सफल भएका छन् ।आज उनी  “बोनाफाइड” नेपाली भएका छन । 

केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान  सप्लाइ गरेर चर्चामा आएका भंगेरिया गैर कानूनी काम गरेर छिटो धन आर्जन गर्न सफल भएका ब्यक्ति हुन ।

 

उनले सम्पती मात्र जोडेका छैनन । ०६३ सालमा नागरिकता बितरण टोलीले नागरिकता बितरण गर्दा  एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई समेत नागरिकता दिन लगाएर भित्र्याएका छन । 

स्थानीय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको छ । तर मुद्धा दुई दशकदेखि किनारामा पुर्याउने गरि काम भने भएको छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.