logo

मानव अधिकार सम्बन्धी एक दिने तालिम सम्पन्न

      2/19/2020 गते 00 00 मा प्रकाशित     1020   पटक पढिएको

बीरगंज ७ फाल्गुण । 
नेपाल मानव अधिकार संगठन पर्साको आयोजनामा उक दिने मानव अधिकार तालिम सम्पन्न भएको छ । संगठनका जिल्ला उपाध्यक्ष दीलीप बरालको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्धेश्यका बारेमा प्राध्यापक  डा,   गोबिन्द  ढकालले प्रकाश पार्नु भएको थियो ।

 

उहाँले नेपालमा सम्बैधानिक रुपमा नागरिकका अधिकारका बिषयमा गरिएको ब्यवस्थाको बारेमा चर्चा गर्नु भएको थियो । 


कार्यक्रममा बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्कीले गर्भवस्था देखी लिएर मरण सम्म सम्मान  पाउनु नै मानव अधिकार हो  भन्नु भयो । बीरगंजका बिभिन्न कलेजमा अध्ययनरत बिद्यार्थी शिक्षक र सामाजिक अगुवाहरुको सहभागिता रहेको सो कार्यक्रममा उपप्रमुख कार्कीले हरेक क्षेत्रमा राजनीतिले दुष्प्रभाव पारेको चर्चा गर्नु भयो ।

 

उहाँले मान्छेको सम्मानीत जीवन वाँच्न पाउने वतावरणको निर्माणमा तीनै तहको सरकारले काम गर्नु पर्नेमा जोड दिनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले मानव अधिकारको अवस्थाको बारेमा चर्चा गर्नु भएको थियो ।

 

उहाँले मानव अधिकारको क्षेत्र ब्यापक भएको चर्चा गर्दै शिक्षा ,स्वास्थ्य ,आवास खाद्य सुरक्षा ,अभिब्यक्ति स्वतन्त्रता जस्ता सबै बिषयहरु मानव अधिकार संग सम्बन्धीत रहेको बताउनु भयो ।

 

उहाँले मानव अधिकारको उल्लंघन राज्यले गर्ने चर्चा गर्दै राज्यलाई जिम्मेवार र जवाफदेह बनाउन नागरिक सचेत हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 


कार्यक्रमको संचालन नेपाल मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादवले गर्नु भएको थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता डी.पी.त्रिपाठीले पनि प्रशिक्षण दिनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.