logo

वडाध्यक्षले बिन्दवासीनीका  प्रमुख प्रशासकीय अधिकृतलाई कुटे 

      2/19/2020 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

बीरगंज ७ फाल्गुण । 
 पर्साको बिन्दाबासिनी गाउँपालिकाका निम्मित प्रमुख प्रशासकीय अधिकृत मुन्नाकुमार रौनियारमाथि वडाध्यक्ष सुकदेव राउतले दुर्व्यवहार गरेका छन ।

 बहुअर्वाभाठ्ठामा वडा नं  ५ मा रहेको कार्यालयमा सोही वडाका का वडाध्यक्ष सुकदेव राउत अहिरले आफूलाई दुर्व्यवहार गरेको रौनीयारले  बताउनु भयो । वडाध्यक्षले म माथी हातपात गर्नु भयो रौनीयारले भन्नु भयो उहाँ वोर्ड बैठकमा आउनु भएको थिएन त्यही  बोर्ड बैठकको बिषयलाई लिएर म माथि  वडाध्यक्ष अहिरले गाली गलौज गर्दै दुर्व्यवहार गर्नुभयो।


गाउँपालिकामा गएको आइतबार बोर्ड बैठक बसेको थियो । वडाध्यक्ष राउत त्यो बोर्ड बैठकमा अनुपसिथत रहनु भएको थियो । बुधवार कार्यालयमा आउनु भएका वडाध्यक्षले आफूले सूचना नपाएको भन्दै  गाली गलौज गर्दै रोनीयारलाइृ कुटपिट गर्ने धम्की समेत दिनु भएको छ ।”

सो बिषयमा रौनीयराले  पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीलाई समेत मौखिक जानकारी गराईसकेको बताउनु भयो ।

वडा अध्यक्ष अहिरले भने धम्की दिएको नभई अधिकृत रौनियारलाई सम्झाएको बताउनु भयो  । कार्यपालिका सदस्यलाई जानकारी नै नदिई गाउँपालिका अध्यक्षसँग मिलेर बोर्ड बैठक गराएकोले आइन्दा यस्तो गल्ती नगर्नु भनेर सम्झाएको उहाँको दाबी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.