logo

वीरगञ्जको बीपी उद्यानको जग्गामा उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण नगर्न अन्तरिम आदेश

 इसीमाना सम्वाददाता     २०७८ सावन २९ गते ०७: १९ मा प्रकाशित     874   पटक पढिएको

 वीरगञ्जस्थित घण्टाघरको उतरतर्फ रहेको बीपी उद्यानको जग्गामा निर्माण भएको पार्किङस्थलविरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ।

 

शुक्रबार सुनुवाइ गर्दै अदालतले बीपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङ स्थलको कार्य अघि नबढाउन तथा ठेक्का दिने समेतको काम कारबाही नगर्न समेत अन्तरिम आदेश जारी गरेको हो  ।

 

अदालतले उक्त जग्गामा बीपी उद्यानबाहेक कुनै पनि सवारी पार्किङ निर्माण गर्ने तथा ठेक्का दिनेसमेत काम कारबाही नगर्नू, नगराउनू भनी विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।

 

शुक्रबारको पेसीमा, रिट निवेदक धीरज गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र देवेन्द्र लाल नेपालीसहितले बहस गरेका थिए।

 

बीपी उद्यानको जग्गामा उद्यानबाहेक अन्य संरचना बनाएको भन्दै वीरगञ्जका धीरज गुप्ताले वीरगञ्ज महानगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा ठेकेदार कम्पनीलाई विपक्षी बनाई उच्च अदालत अस्थायी इजलास वीरगञ्जमा असार २८ गते रिट निवेदन दर्ता गराएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.