logo

जनकपुरमा तीन दिने खाद्य मेला शुरु 

      2/22/2020 गते 00 00 मा प्रकाशित     1202   पटक पढिएको

जनकपुर १० फाल्गुण । 
परम्परागत पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गर्ने र असल पोषणका लागि खाने बानीमा सुधार ल्याउन जनकपुरमा तीन दिने खाद्य मेला आजदेखी शुरु भएको छ । 

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले एक समारोहबीच मेलाको उद्घाटन गर्नु भयो  । 

रेडिमेड जंक फुड विस्थापित गरी पारम्परिक भोजन शैलीको प्रचार प्रसार तथा लोपोन्मुख पोसिला खाद्यान्नको उत्पादनलाई बढावा दिने उद्देश्यले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय जनकपुरधामले मेला आयोजन गरेको बरिष्ठ खाद्य अधिकृत बिजय खनालले बताउनु भयो ।

मेलामा प्रदेश २ सँगै कैलाली, मोरङ ,मकवानपुर ,ललितपुर ,सुनसरी  सिन्धुलीसहितका जिल्लामा उत्पादन हुने अन्न, तरकारी, गेडागुडीसँगै ती जिल्लामा रहेका खाद्य उद्योगको उत्पादन प्रर्दशी तथा बिक्रीको लागि राखिएको थियो ।

 

मेलामा सहभागीको संख्यामा कमि देखिए पनि मेलामार्फत स्थानीय उत्पादनलाई बढावा दिने तथा पारम्परिक भोजन शैलीबारे सकारात्मक सन्देश दिन सफल हुने बिश्वास गरिएको छ ।

खाद्य प्रविधि गुण नियन्त्रण बिभागका महानिर्देशक मदिनी जोशी बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका उपाध्यक्ष अजय अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने जनकपुर उधोग वाणिज्य संघका अध्यक्ष ललति साह लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सचालन नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्री मिश्रले  गर्नु  भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.