logo

मगरहरु लाई प्रयोगका पात्र मात्र बनाइयोः मुख्यमन्त्री राउत

      2/27/2020 गते 00 00 मा प्रकाशित     891   पटक पढिएको

चन्द्रपुर १५ फागुन  । मुख्यमन्त्री लालबाबु राउतले हरेक काल खण्डमा मुलुकका लागि ज्यानको आहुति दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र मात्र बनाएको बताउनु भएको छ ।


नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा प्रदेश नं.२को कमिटीले रौतहटको मंगलपुरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनमा अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि संघर्ष गर्नु पर्ने दुर्भाग्य पूर्ण अवस्था रहेको बताउनु भयो ।

 


उहाँले भन्नु भयो , ‘ पृथ्वी नारायण साहको राज्य विस्तार होस वा राणा विरुद्धको आन्दोलन चाहे माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रहयो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरि रहे , यो अन्यायपूर्ण हो ।’


मुख्यमन्त्री राउतले पहिचानको लागि विभेदमा रहेका मधेशी, आदिवासी जनजाति, दलित , महिला मुस्लीमलाई एक हुनु विकल्प नरहेको समेत बताउनु भयो ।


अहिलेको शासन सत्ता संचालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नु हुँदै उहाँले पहिचानको लागि पुनः आन्दोलन गर्नु पर्ने बताउनु भयो ।


आफनो पार्टी प्रदेशहरुको नामाकरण पहिचानकोआधारमा गर्नु पर्ने पक्षमा रहेको उल्लेख गर्नु हुँदै उहाँले भन्नु भयो ,‘ हामी पहिचानको आधारमा प्रदेशको नामाकरण होस भनि चाहि राखेका छौ तर एकात्मक सोचवादीहरुले अहिलेपनि प्रदेशको नामाकरण नदी नालाको नाउमा गरि रहेको छ । यसको विरोध गर्नु आवश्यक छ ।’


पहिचानको आधारमा गठन भएको प्रदेश २को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २को नामाकरण समेत पहिचानकै आधारमा मधेश प्रदेश हुने दावी समेत गर्नु भयो ।


मगर संघका प्रदेश अध्यक्ष यम बहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभासद राम कुमार भट्टराई, मगर संगका इन्चार्ज लेखराज मगर सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा मगर समुदायको भाषा संस्कृति झल्किने विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.