logo

मध्यनेपाल सन्देशको पाँचौ वािर्षकोत्सव सम्पन्न, समाजका बिभिन्न क्षेत्रमा योगदान दिनेहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०७८ भदौ ११ गते ०७: १४ मा प्रकाशित     728   पटक पढिएको

पत्रकार महिलाको नेतृत्वमा बीरगंजबाट प्रकाशीत रंगीन मध्यनेपाल सन्देश साप्ताहिकले आफनो पाँचौ वार्षिकोत्सव भब्य रुपमा मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघको सभाकक्षमा आयोजना गरिएको एक भब्य कार्यक्रममा पत्रकारितामा  महिलाकालागि अवसर र चुनौतीको बिषयमा अन्तरक्रिया समेत भएको थियो । 


पत्रिकाले आफनो वािर्षकोत्सवको अवसरमा समाजका बिभिन्न क्षेत्रमा उल्लेख्य सेवा मार्फत योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरेको छ । 


कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चिकित्सा क्षेत्रबाट आफनो सीप क्षमता र अस्पताल समेत योगदान दिने स्थापित चिकित्सक डा.लक्ष्मी थापा, निष्ठापूर्ण राजनीतिको असल बिम्ब बीरगंज महानगरपालिकाको उपप्रमुख सुश्री शान्ति कार्की,बिरामी ओसारपसार सेवा गरे बापत एम्बुलेन्स चालक रामनरेश यादव,मुम्ताज भाइ र  पत्रीकामा पाँच वर्ष देखि सहकार्य गर्ने सोभा धमला,शबनम भट्टराई लगायातलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले उहाँहरुलाई सम्मान गर्नुृ भएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै    प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पबिज्ञापन बितरणलाई पारदर्शी बनाईने बताए  ।

 

मन्त्री साहले सञ्चार संस्थाहरुलाई वर्गीकरण गरेर त्यसकै आधारमा लोक कल्याण्कारी विज्ञापन दिने बताएका हुन् । 

मध्यनेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य भिमा यादव,  नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ,  लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.