logo

व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यकः प्रमुख सरावगी

      2/28/2020 गते 00 00 मा प्रकाशित     1165   पटक पढिएको

बीरगंज १६ फाल्गुण ।बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले  व्यवसायिक पत्रकारिताका लागि व्यवसायिक र दक्ष फोटो पत्रकार आवश्यक पर्ने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ र नेपाल फोटो पत्रकार महासंघ, प्रदेश नम्वर २ को आयोजना गरेको फोटो पत्रकारिता तालिम तथा फोटो प्रदर्शनीको आज बीरगंज उधोग वाण्ज्यिसंघमा उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । 


उहाँले बीरगंजमा पत्रकरिताको गुणत्मक बिकासमा आफू सदैव सकारात्मक रहेको बताउनु भयो । पत्रकारिता क्षेत्रको विकासका लागि वीरगञ्ज महानगरपालिका सधैँ तयार रहेको पनि उहाँले बताउनुभयो ।


उहाँले पत्रकारिता समाजको विम्वको रुपमा बन्न सक्नु पर्छ । पत्रकारिताका कारण कतिपय अवस्थामा निकै चित्त दुखेका अवस्थाहरु पनि आएको चर्चा गर्दै नखाएको बिष पनि लाग्ने जस्तो बनाउन नहुनेमा पत्रकारहरुलाई सचेत हुन समेत आग्रह गर्नु भयो । उहाँले प्रदेश २ मा सयभन्दा बढी महत्त्वपूर्ण पर्यटकीय स्थल रहेकाले तिनलाई फोटो पत्रकारिताको माध्यमबाट उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्सामा रहेका ऐतिहासिक स्थानको प्रवद्र्धनमा पत्रकारिताको योगदान खोजी भएको बताउनु भयो ।


तालिम तथा फोटो प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष धु्रव आले, उद्योग वाणिज्य संघ, प्रदेश नम्वर २ का उपाध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक बैद्य, फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बञ्जारा, वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज पाल, भिजिट नेपाल पर्साका सदस्य मोहन प्रधान, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफ र पर्सा अध्यक्ष विजय चौहानले आफ्ना भनाई राख्नुभएको थियो । उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ, प्रदेश नम्वर २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा भएको थियो ।

 

शुक्रबारदेखि वीरगञ्जमा शुरु भएको  आधारभूत फोटो पत्रकारिता तालिम तथा प्रदेश नम्वर २ स्तरीय फोटो प्रदर्शनी   तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा प्रदेश २ का ३० जना पत्रकारको सहभागिता रहेको नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव गुरु गौतमले बताउनु भयो ।

प्रतियोगितात्मक फोटो प्रदर्शनीमा प्रदेश २ को संस्कृति र पर्यटनसँग सम्बन्धित ५० वटा फोटो प्रदर्शनीमा राखिएको छ । मूल्याङ्कनमा पहिलो, दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने छ ।

फोटो पत्रकारिता तालिम नेपाल पत्रकार महासंघ, पर्साको हलमा सञ्चालन गरिएको छ । तालिमको प्रशिक्षकमा वरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ, किरण पन्थ, बालकृष्ण थापा, विजय सिंहलगायत रहनुभएको छ ।

फोटो प्रदर्शनी वीरगञ्ज उद्योग वाणिज्य संघको हलमा गरिएको छ । फोटो प्रदर्शनी पनि आइतबारसम्म चल्ने छ । तालिम तथा प्रर्दशनीको स्थानीय ब्यवस्थापन भने  नेपाल पत्रकार महासंघ, पर्सा र नेपाल फोटो पत्रकार महासंघ, पर्साले गरेका छन ।  तालिममा नेपाल पत्रकार महासंघ, केन्द्रीय तालिम विभागको सहयोग रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.