logo

होलीमा माछामासुको मूल्य वृद्धि गर्न नपाईने

वीरगन्जमा खुलास्थानमा माछामासु विक्री गर्नेलाई कारवाही हुने

      3/1/2020 गते 00 00 मा प्रकाशित     1879   पटक पढिएको

वीरगन्ज, १८ फागुन । वीरगन्ज महानगरमा बढदै गईरहेको अव्यवस्थित माछामासुको बिक्रीवितरण व्यवस्थित गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आईतबार बसेको सरोकारवालाहरुको बैठकले वीरगन्ज महानगरपालिकाक्षेत्र भित्र अब खुला स्थानमा अव्यवस्थित तरिकाले माछामासु विक्री वितरण गर्न नपाईने निर्णय गरेको छ ।

व्यावस्थापनका लागि १५ दिनको समयसीमा तोकिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकमा बिरगंज नगर क्षेत्रमा स्वच्छ, स्वस्थ, गुणस्तरीय मासुको बिक्रीवितरण व्यवस्थित गर्ने विषयमा भएको छलफलमा वीरगंज महानगरक्षेत्रमा अस्वस्थकर तरिकाले सडक पेटी तथा खुल्ला स्थानमा माछा, मासु बिक्रीवितरणले उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तथा महानगरको वातावरण पनि प्रदूषित बनाएकोले यसको व्यावस्थापनका लागि सरोकारवालाबीच छलफल गरि विभिन्न निर्णय गरिएको छ ।

बैटकले व्यवसायीहरुलाई १५ दिन भित्र खुल्ला रुपमा माछा–मासुको बिक्रीवितरणमा रोक लगाईने, माछा–मासु पसल व्यवस्थापन गर्न जनचेतना फैलाउने, माछा–मासु बिक्रीवितरणबाट निस्किने फोहोर व्यवसायी आफैले व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै माछामासु बिक्रीवितरण प्रचलित कानुन बमोजिमको मापदण्ड सहितको बधशाला घर लगायत पूर्वाधारको बिकास गर्न महानगरलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।

व्यवसायीहरुले माछा–मासुको मूल्य आपूmखुशी निर्धारण गरेकोले उचित मूल्य निर्धाराण गर्नको लागि १५ दिन भित्र सिफारिस गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयोजकत्वमा बिरगंज महानगरपालिका, माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायी, उपभोक्ता अधिकारकर्मीहरु, अन्य सरोकारवाला कार्यालय तथा प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय भएको छ ।  


समयावधिपछि सडकपेटी, खुल्ला स्थानमा अस्वस्थकर तरिकाले माछा–मासुको बिक्रीवितरण भए नभएको निरीक्षण गर्न वीरगन्ज महानगरपालिकाको नेतुत्वमा माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनिधि तथा सरोकारवाला निकायको सहकार्य एवं समन्वयमा संयुक्त बजार अनुगमन गरिने र मापदण्ड बिपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भएको छ ।


बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, प्रशासकीय अधिकृत गोबिन्द प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्र शाही, बाणिज्य आपूर्ति कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख जीत बहादुर भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा, प्रदेश नं. २ का अध्यक्ष केसि लामिछाने, वीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल,

वीरगंज महानगरपालिका पशु शाखा प्रमुख रामबिश्वास प्रसाद यादव, खाद्य अधिकृत बिपिन कुमारलाल दास, उपभोक्ता मञ्च बिरगंजका डा. हरेराम ठाकुर, पशु क्वारेण्टाईन कार्यालय वीरगंजका बरिष्ठ पशुचिकित्सक डा. हरेराम यादव, स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया, माछा–मासु व्यवसायी संघ पर्साका अध्यक्ष अनवारुल हक, सह–अध्यक्ष फिरोज आलम देवान, किरण खडकी, बिरगंज उद्योग बाणिज्य सघका कार्यकारी सचिव सुनिल कुमार कण्ठ र वडा न. ७ का वडा अध्यक्ष बसन्त कुमार भक्कड (अग्रवाल) लगायतकाको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.