logo

होलीमा माछामासुको मूल्य वृद्धि गर्न नपाईने

वीरगन्जमा खुलास्थानमा माछामासु विक्री गर्नेलाई कारवाही हुने

      3/1/2020 गते 00 00 मा प्रकाशित     1942   पटक पढिएको

वीरगन्ज, १८ फागुन । वीरगन्ज महानगरमा बढदै गईरहेको अव्यवस्थित माछामासुको बिक्रीवितरण व्यवस्थित गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आईतबार बसेको सरोकारवालाहरुको बैठकले वीरगन्ज महानगरपालिकाक्षेत्र भित्र अब खुला स्थानमा अव्यवस्थित तरिकाले माछामासु विक्री वितरण गर्न नपाईने निर्णय गरेको छ ।

व्यावस्थापनका लागि १५ दिनको समयसीमा तोकिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकमा बिरगंज नगर क्षेत्रमा स्वच्छ, स्वस्थ, गुणस्तरीय मासुको बिक्रीवितरण व्यवस्थित गर्ने विषयमा भएको छलफलमा वीरगंज महानगरक्षेत्रमा अस्वस्थकर तरिकाले सडक पेटी तथा खुल्ला स्थानमा माछा, मासु बिक्रीवितरणले उपभोक्ताहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तथा महानगरको वातावरण पनि प्रदूषित बनाएकोले यसको व्यावस्थापनका लागि सरोकारवालाबीच छलफल गरि विभिन्न निर्णय गरिएको छ ।

बैटकले व्यवसायीहरुलाई १५ दिन भित्र खुल्ला रुपमा माछा–मासुको बिक्रीवितरणमा रोक लगाईने, माछा–मासु पसल व्यवस्थापन गर्न जनचेतना फैलाउने, माछा–मासु बिक्रीवितरणबाट निस्किने फोहोर व्यवसायी आफैले व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै माछामासु बिक्रीवितरण प्रचलित कानुन बमोजिमको मापदण्ड सहितको बधशाला घर लगायत पूर्वाधारको बिकास गर्न महानगरलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।

व्यवसायीहरुले माछा–मासुको मूल्य आपूmखुशी निर्धारण गरेकोले उचित मूल्य निर्धाराण गर्नको लागि १५ दिन भित्र सिफारिस गर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयोजकत्वमा बिरगंज महानगरपालिका, माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायी, उपभोक्ता अधिकारकर्मीहरु, अन्य सरोकारवाला कार्यालय तथा प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय भएको छ ।  


समयावधिपछि सडकपेटी, खुल्ला स्थानमा अस्वस्थकर तरिकाले माछा–मासुको बिक्रीवितरण भए नभएको निरीक्षण गर्न वीरगन्ज महानगरपालिकाको नेतुत्वमा माछा–मासु बिक्रीवितरण गर्ने व्यवसायीका प्रतिनिधि तथा सरोकारवाला निकायको सहकार्य एवं समन्वयमा संयुक्त बजार अनुगमन गरिने र मापदण्ड बिपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्ने भएको छ ।


बैठकमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, प्रशासकीय अधिकृत गोबिन्द प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक बिरेन्द्र शाही, बाणिज्य आपूर्ति कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख जीत बहादुर भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा, प्रदेश नं. २ का अध्यक्ष केसि लामिछाने, वीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल,

वीरगंज महानगरपालिका पशु शाखा प्रमुख रामबिश्वास प्रसाद यादव, खाद्य अधिकृत बिपिन कुमारलाल दास, उपभोक्ता मञ्च बिरगंजका डा. हरेराम ठाकुर, पशु क्वारेण्टाईन कार्यालय वीरगंजका बरिष्ठ पशुचिकित्सक डा. हरेराम यादव, स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया, माछा–मासु व्यवसायी संघ पर्साका अध्यक्ष अनवारुल हक, सह–अध्यक्ष फिरोज आलम देवान, किरण खडकी, बिरगंज उद्योग बाणिज्य सघका कार्यकारी सचिव सुनिल कुमार कण्ठ र वडा न. ७ का वडा अध्यक्ष बसन्त कुमार भक्कड (अग्रवाल) लगायतकाको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.