logo

महासंघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत, सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारिताको भूमिका अहमःचौहान

      3/2/2020 गते 00 00 मा प्रकाशित     902   पटक पढिएको

सिमरा,१९ फाल्गुन  । नेपाल फोटो पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा पंकज श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ।महासंघको सोमवार बाराको सिमरामा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा प्रभातकुमार झा, महासचिव दिवाकर भण्डारी, सचीव फणीदेव महत, सहसचिव परिश कर्ण, कोषाध्यक्ष गणेश साह रहनु भएको छ । यसैगरी समितिको सदस्यमा बिजय चौहान, श्याम गुप्ता, अच्युतम सापकोटा र नविन कुमार नवल चयन हुनु भएको छ ।
त्यसैगरि अधिवेशनले दीपेन्द्र चौहान, के.सी.लामिछाने,टंक क्षेत्री राजु बिश्वकर्मा  राम सर्राफ लगायत रहनु भएको सल्लाहकार समिति निर्माण पनि निर्माण गरेको छ ।

यसअघि अधिवेशनको उदघाटन नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले गर्नु भएको थियो । अधिवेशनको उदघाटन गर्दै अध्यक्ष चौहानले सामाजिक न्याय र समृद्धिका निम्ति फोटो पत्रकारको भुमिका अहम हुने बताउनु भयो । पत्रकारितालाई विश्वसनीय बनाउन फोटोपत्रकारिताको महत्त्व बढ्दै गएको भन्दै अध्यक्ष चौहानले यसको समग्र विकासका निम्ति महासंघले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछानेले फोटोपत्रकारितामा बढदो आकर्षणले समग्र पत्रकारिताको विकास हुनेमा आफू आशावादी रहेको बताउनु भयो । फोटोपत्रकारिता विशुद्ध प्राविधिक बिषय रहेको र तस्वीरको माध्यमबाट समाजलाई सूसुचित गर्ने क्षेत्र रहेको हुँदा फोटोपत्रकारको दक्षता र क्षमता अभिवृद्धिका लागि प्रशिक्षणमुलक कार्यक्रम निरन्तर आयोजना गरिनुपर्ने बताउनु भयो । 

नेपाल फोटोपत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मीले पत्रपत्रिका र टेलिभिजनमा फोटो, भिडियोको काम गर्ने पत्रकारहरुलाई संगठित बनाएर अघि बढाउन महासंघले भुमिका खेलिरहेको बताउनु भयो । महासंघले काठमाडौं मात्र नभई देशका सबै जिल्लामा सक्रियरुपमा काम गर्ने पत्रकारहरुलाई संगठित गर्ने, फोटो र भिडियोको माध्यमबाट सम्बन्धित जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने, क्षमता अभिवृद्धि गर्ने लगायत गतिविधिलाई अघि बढाइरहेको बताउनु भाये। 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य जीतलाल श्रेष्ठले फोटोपत्रकारिताको विकासका लागि निजगढमा तालिम केन्द्रको अवधारणासहित भौतिक पूर्वाधार निर्माणको तयारी गरिरहेको बताउनु भयो । महासंघको बारा शाखाको नेतृत्वमा निर्माण हुने तालिम केन्द्रबाट दक्ष फोटोपत्रकार उत्पादन गर्न सकिने श्रेष्ठको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सचीव गुरुप्रसाद गौतमले प्रदेशको समग्र विकासका निम्ति फोटोपत्रकारिताको भुमिका अहम रहेको बताउनु भयो । 

महासंघ प्रदेश २ तदर्थ समितीका अध्यक्ष राम सरराफको अध्यक्षतामा सम्पन्न अधिवेशनमा केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचीव फणीदेव महतले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.