logo

व्यावसायीलाई मर्स्कको सुविधा प्रस्ताव,आयातकर्ता भन्छन्ः सेवा प्रवाहमा भर पर्छ

      3/5/2020 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

वीरगन्ज, २२ फागुन । जलमार्गबाट ढुवानी गर्ने अन्तराष्ट्रिय सञ्जाल रहेको मर्स्कलाईन सीपीङलाईन कम्पनीका पदाधिकारीहरुले कम्पनीले थप गरेको सेवा सुविधाको बारेमा नेपालका उद्योगी व्यवसायीहरुसँग वीरगन्ज उद्योग वाणिज्य संघमा बुधबार गरेको छलफल कार्यक्रममा नेपाली आयातकर्ताहरुले सीपीङलाईनले पनि अनावश्यक दुःख दिन थालेको गुनासो गरेका हुन् ।

 

समुद्रपार व्यापारमा भारतको कोलकत्ता बन्दरगाह मात्रै प्रयोग गर्दै आएको नेपालले केहीबर्ष अघिदेखि भारतकै अर्को बन्दरगाह विशाखापटन पनि प्रयोग गर्दै आएको छ । कोलकत्ताबाट आयात गर्दा त्यहाँका भन्सार एजेण्टहरु तथा विचौलियाका कारणले अनेक समस्या झेल्नु परेको गुनासो गर्दै आएका आयातकर्ताहरु अहिले सीपीङलाईनले सीधा सेवा सुक्खा बन्दरगाहसम्म दिएपनि सीपीङलाईनमै विचौलियाहरुले अवरोध गर्ने गरेको गुनासो गरेका छन् ।

 

मर्स्क सीपीङलाईनका नेपाल र भूटान हेर्ने प्रबन्धक प्रमुख सौरभ सक्सेनाले आफ्नो कम्पनीले अहिले नेपालको व्यापारलाई सहज बनाउन सेवा सुविधा थप गरेको जानकारी गराउँदै विशाखापटनबाट मात्रै नभई अहिले कोलकत्ताबाट सडकमार्ग हुदै सामान आयात गर्न चाहने आयातकर्ताहरुको लागि सेवा सुरु गर्न लागेको बताए । मर्स्कलाईन सीपीङ कम्पनीको विशाखापटनममा आफ्नै टर्मिनल रहेको र त्यहाँबाट सीधा इन्ल्याण्ड कस्टम डिपो (आईसीडी) सुक्खा बन्दगराहसम्म ल्याउँदा ढुवानी भाडा पनि कम पर्न जान्छ ।

 

तर, कोलकत्ता बन्दरगाहबाट सुक्खा बन्दरगाहसम्म ल्याउँदा बढी भाडा लाग्ने गरेको छ । मर्स्कलाईनका नेपाल प्रतिनिधि सौरभ सक्सेनाले विशाखापटनम बन्दरगाहबाट आयात गर्दा नेपाली आयातकर्ताहरुले कमर्सियल डकुमेण्ट मात्रै इमेल मार्फत पठाए पुग्ने बताएपनि सीपीङ कम्पनीमा काम गर्ने कर्मचारीहरुले तीन थरीका कागजपत्र माग गरेर नेपाली आयातकर्ताहरुलाई दुःख दिने गरेको दुखेसो गरे ।

 

मस्र्कले विदेशी निर्यातकर्ताको लजेस्टिक व्यवस्थापन, सिपिङ व्यवस्थापन, समुद्री ढुवानी, टर्मिनलमा आयातकर्ताको प्रतिनिधि, थल ढुवानी र आयातकर्ताको दैलोसम्म मालसमान पु¥याउने ट्रान्सपोर्ट सेवा एकसाथ प्रदान गर्ने अफर मस्र्कले नेपाली आयातकर्तालाई गरेको छ । आयातको आकार बढेपछि नेपाली आयातकर्तालाई आकर्षित गर्न सिपिङ कम्पनीले पछिल्लो समयमा एकपछि अर्को अफर घोषणा गरेपनि नेपाली आयातकर्ताहरुले भने उनीहरुको घोषणाको त्यति विश्वास गरेका छैनन् ।

 

नेपालमा रेलमार्ग भएर आउने कन्टेनर अहिले सीधा सिपमेन्ट (जहाजबाट रेलमा) लोड गरेर आइरहेका छन् । आयात भएका वस्तुहरु ७० प्रतिशत बिशाखापट्नम भएर आउने गरेको छ । तर, विलम्व शुल्क ‘कार्गो ह्यान्डलिङ’ तथा ढुवानीमा विभिन्न तहको बिचौलियाका समस्या समाधान भएपनि ‘सिपिङ कम्पनी’ को भने मनपरी हुने गरेको आयातकर्ताको आरोप छ ।

 

कोलकत्ता बन्दरगाहबाट सामान आयात गर्दा विचौलियाको चंगुलमा फसेका नेपाली आयातकर्ताहरु अहिले फेरी सीपीङलाईन कम्पनीका विचौलियाबाट पीडित भएको गुनासो गरेका छन् । भारतीय जलमार्गको कोलकत्ता बन्दरगाहबाट मात्रै पहिले तेश्रो मुलुकबाट आयात गरिरहेका नेपाली आयातकर्ताहरुले पछिल्लो समयमा भारतकै आन्ध्र प्रदेशमा रहेको विशाखापटनम बन्दरगाह प्रयोग गरेपछि सीपीङलाईनले सीधा वीरगञ्जको सुक्खा बन्दरगाहसम्मा सामान ढुवानी गरिदिने गरेपनि त्यहि सीपीङलाईनमा पनि विचौलिया हावी भएपछि अहिले आयातकर्ताहरुले फेरी दुःख झेल्नु परिरहेको गुनासो गरेका छन् ।

 

कन्टेरमा विद्युतीय निगरानी प्रणाली (इसीटीएस) कार्यान्वयन भएसँगै नेपाली आयातकर्ताहरुले कमर्सियल डकुमेण्ट मात्रै इमेल मार्फत पठाए सामान सुक्खा बन्दरगाहसम्म ढुवानी हुने व्यावस्था रहेको छ । तर, नेपाली आयातकर्ताहरुलाई सीपीङ कम्पनीको नेपालमा कागजपत्र पु¥याउने ठेक्का लिनेहरुले नै विभिन्न कागजपत्रहरुको माग गरेर कन्टेरहरु ढुवानीमा विलम्व गरेर शुल्क असुल्ने गरेको आयातकर्ताको भनाई छ । मर्स्कलाईनका नेपाल भूटान प्रबन्धक सक्सेनाले नेपाली आयातकर्ताहरुको समस्याको बारेमा जानकारी पाएपछि यसको समाधानको खोजी गरिने आवश्वासन दिदैं नेपाली आयातकर्ताहरुको लागि अहिले कम्पनीले ल्याएको सेवाको अवसर पनि सदुपयोग गर्न आग्रह गरे ।

 

नेपाली आयातकर्ताहरुले शीपीङ कम्पनीहरुलाई भुत्तानी भारतमा दिनुपर्ने बाध्यात्मक अवस्था हटाउन गर्दै आएको मागलाई कम्पनीले सकारात्मक रहेको जानकारी दिदैँ कम्पनीको तर्फबाट बैंकहरुसँग पहल गरिरहेको र भारत र नेपाल सरकारबीचमा पनि यस विषयमा कुरा अगाडि बढेको बताए । नेपाली व्यापारका लागि सीपीङ कम्पनीहरुले ल्याएको विशेष छुट सहितको प्रस्ताव स्वागतयोग्य भएको बताउदै यसलाई नेपाली आयातकर्ताहरुले सहज रुपमा सदुपयोग गर्न पाउनुपर्ने बताए ।

 

कम्पनीले ल्याएको विशेष छुटको प्रस्तावहरु राम्रो भएपनि यसले दिने सेवा प्रवाहमा भर पर्ने आयातकर्ता अनिल तुल्स्यानले प्रतिक्रिया दिए । उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा संघका महासचिव माधव राजपाल, सहसचिव आशिष लाठ लगायत लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.