logo

न्यूज २४ को सीमाञ्चल बहश,कोरोना भाइरस संक्रमणबाट जोगिन  सर्तक हुन बिज्ञको अपिल 

      3/8/2020 गते 00 00 मा प्रकाशित     1064   पटक पढिएको

बीरगंज २५ फाल्गुण ।
करोना भाइरसको संक्रमणको जोखिम भए पनि त्यसबाट आत्तिनु नपर्ने तर सर्तक हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका छन ।

देशकै चर्चीत टेलीभिजन न्यूज २४ ले बीरगंजमा आयोजना गरेको कोरोन भ्रम र यर्थाथ बिषयक बहशको लाइभ प्रशारणमा बिज्ञहरुले यस्तो धारणा ब्यक्त गरेका हुन । कोरोना भाइरसको संत्रास बढेको अवस्थामा सामाजिक उत्तरदायित्वलाई मनन गर्दै टेलीभिजनले जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो ।

चिनबाट शुरु भएको  करोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि बीरगंज नाकामा हेल्थ डेस्कको स्थपना गरेको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो । उहाँले करोनाको संक्रमणलाई रोक्न कुनै औषधी पत्ता नलागेको अवस्थामा आफ्नो आनी वानीमा परिर्वतन गर्न जोड दिनु भयो ।

उहाँले हातसंगको सम्पर्कलाई मात्र पनि नियन्त्रण गर्न सक्दा निकै फाइदा हुने बताउनु भयो । कारोना भाइरसको लाग्दैमा अत्तिनु नपर्ने बताउदै डा। अभिसेक सिंहले सरसफाईमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले कोरोना जीवाणु कपडामा ९ घण्टा र धातुमा १२ घण्टा र २० देखी २६ डिग्री तापक्रममा अलि बढी फैलीन सक्ने भएकोले सरसफाईमा जोड दिन अनुरोध गर्नु भयो ।

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजको नारयणी अस्पतालमा ६ बेड, नेशनल मेडिकल कलेजमा ५० बेड र नारायणी बयोधा अस्पतालमा ४ बेड आइसोलेशनका लागि ब्यवस्था गरिएको जानकारी गराउनु भयो । उहाँले सबैजना सचेत हुने सर्तकता अपनाउनु सकेमा संक्रमणबाट तर्सिनु पर्ने अवस्था नरहेको प्रष्ट पार्नु भयो । 

न्यूज २४ टेलीभिजनले संक्रमण फैलिएपछि चिन्ता गर्ने होइन की संक्रमण फैलन नदिनका लागि चिन्तन गर्ने परिपाटीको बिकास गर्न कार्यक्रमको आयोजना गरेको केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भयो ।

नेपालको प्रमुख प्रवेशद्वार र्शकराचार्य गेटमा वीरगंज महानगरपालिकाले नेपाल भित्रने विदेशि पर्यटक र यात्रुहरुको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्कको स्थापना गरेको छ । वीरगंज महानगरपालिकाले हेल्थ डेस्कमा सेवा दिने ३ जना हेल्थ असिस्टेन्ट परिचालन गरेको छ ।

मकालु होटलमा आइतबार भएको कार्यक्रममा बीरगंजका राजनीतिक दलका नेताहरु, नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्बिधान सभा सदस्य अनिल रुङटा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी ,राजपाका महासचिव शिव पटेल गुडी जोश्शी रम्भा मिश्र ओमप्रकाश श्रेष्ठ कमल चौगाई राम श्रेष्ठ लगायतले जिज्ञासा राख्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.