logo

बिकास आयोजनाको छनौट र त्यसको प्रथामिकता निर्धारणकालागि जनताको सहभागिता सुनिश्चत गर्न आवश्यकः प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ असोज १ गते ०९: ४९ मा प्रकाशित     756   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले लोकतन्त्रको प्रतिफल नागरिकको घर दैलोमा पुर्याउने दायित्व जनप्रतिनिधिमा रहेको बताएका छन ।

 

टोल बिकास संस्थाको निर्माण अवधारण र अभ्यास सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रमको शुक्रवार बीरगंजमा उद्धघाटन  गर्दै प्रमुख सरावगीले यस्तो बताएका हुन । 


वडाको बिकास आयोजनाको छनौट र त्यसको प्रथामिकता निर्धारणकालागि जनताको सहभागिता सुनिश्चत गर्न आवश्यक रहेको चर्चा गर्दै त्यसकालागि टोल बिकास संस्थाहरु निकै लाभदायी हुने स्पष्ट पारे । 

 


अहिले योजनाको छनौट आफनै तालमा गरिएको पाइएको छ । नागरिकका गुनासा आउने गरेका छन । आयोजना छनौटको एउटा प्रक्रिया स्थानीय तह संचालन ऐनले निर्दिष्ट  गरेको पनि छ ।

 

त्यसलाई कार्यान्वयन गर्न नागरिकको सहभागिता गर्न आवश्यक रहेको भन्दै प्रमुख सरावगीले योजना छनौटमा नागरिकको सहभागिता हुदा मात्र तल सम्म लोकतन्त्रको उपलब्धीको अभ्यास भएको ठहर हुने चर्चा गरे ।

 

बिकास निर्माणका काममा जनताको सहभागिताकोलागि टोल बिकास संस्थाको महत्वपूर्ण भूमिका हुने भन्दै सरावगीले टोल बिकास संस्था वडा कार्यालयको सहयोगी संस्थाको रुपमा रहेको बताए ।

 

उनले वडाध्यक्ष र सचिवहरुलाई टोल बिकास संस्थाको निर्माण मार्फत बिकास शान्ति र सुरक्षाको वतावरण बनाउने काममा ध्यान दिन आग्रह गरे । 


बीरगंजमा रहेका बिभिन्न टोल बिकास संस्थाले गरेको कामको उदाहरण दिदै प्रमुख सरावगीले नागरिकले लागत सहभागिताको आधारमा  ( जनताको ४० प्रतिशत र महानगरको ६० प्रतिशत) योजना माग्न आएको खण्डमा त्यही योजनालाई पहिलो प्रथामिकतामा राखेर उपलब्ध गराउन सजिलो हुने बताए ।

 

त्यसरी आउदा पहिलो प्रथामिकता त्यही योजाले पाउछ  प्रमुख सरावगीले भने “यसरी बिकासको काम गर्दा गुणात्मक र तोकिएको भन्दा बढी काम हुन्छ” । 


कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले टोलबिकास संस्थाहरु सक्रिय भएको ठाउमा आर्थिक सामाजिक तथा सास्कृति सवलता बढी हुने बताए । उनले बिकास माग्ने मात्र होइन बिकास गर्नेकाममा सहभागि हुनकालागि टोलबिकास संस्था प्रभावकारी हुने बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्थानीय जनताको माँग र दवावलाई ठिक रुपमा सम्बोधन गर्ने माध्यमको रुपमा टोल बिकास संस्थाको महत्व रहेको बताए । उनले समाजको बिकासकालागि त्यहीको समाज जुरुक्क उठन सक्नु पर्ने बताउदै टोल बिकास संस्थाले समस्या जस्को समाधानको पहलकदमी उस्कै भन्ने अवधारणालाई अगिंकार गर्ने बताए ।

 

जनप्रतिनिधिले बिकासको प्रवाहमा नागरिकलाई समावेश गराउन सक्ने संयन्त्र नै टोल बिकास संस्था भएको बताउदै आफनो समाजको राम्रो र प्रगती चाहने जनप्रतिनिधिले यो काममा सम्बेदशील हुन आवश्यक रहेको बताए । 


बीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा सहयोगी नेपालको प्राविधिक सहयोगमा बीरगंज महानगरपालिकाको ३२  वटै वडामा ५ सय टोल बिकास संस्थाको निर्माण गरिने सहयोगी नेपालले जनाएको छ । 
वडा कार्यालयको सहयोगीको रुपमा टोल बिकास संस्थाको संरचना खडाहुने बिषयबिज्ञ तवरेज अहमदे बताए । समाजको शान्ति निर्माण , बिभिन्न समस्याको समाधानमा समाजले अनौपचारिक रुपमा काम गरिरहेको हुन्छ त्यसलाई औपचारिकता दिदै बिकास निर्माणका गतिविधिमा पनि नागरिक सहभागिताकोलागि टोलबिकास संस्थाको अवधारणा बिकास भएको अहमदले बताए ।

 

टोल बिकास संस्थालाई नेपाल सरकार तथा बीरगंज महानगरपालिकाले समेत स्वामित्व लिएको भन्दै अहमदले टोल बिकास संस्थाको निर्माणले समाजको आधारभूत तह सम्म प्रजात्नत्रको उच्च अभ्यास र त्यसको प्रतिफलको पहुच स्थापित हुने बताए । 


पहिलो चरणमा बीरगंज महानगरको वडा नं १ देखी १५ सम्म एक एक वटा टोल बिकास संस्थाको गठन हुने र अन्य वडामा अली बढी संस्थाहरु निर्माण गरिने अर्का बिषय बिज्ञ रितेश त्रिपाठीले बताए ।

 

पहिलो दिन वडा नं १ देखी १६ का वडाध्यक्ष एवं सचिवको अभिमूखी करणमा सहभागिता रहेको थियो । वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसियाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन अफरोज आलमले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.