logo

कोरोना अवसर र चुनौतीका बिषयमा बहस, भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुनु उत्तम उपाय

      3/21/2020 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको


बीरगंज ८ चैत । 
बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले कोभीड १९ को संत्रास नेपालीकोलागि अवसरको रुपमा समेत आएको बताउनु भएको छ ।

 

लिभिङ विथ इन्भारमेन्ट भोलन्टीयर र बीरगंज उधोग बाणिज्य संघले संघको सभाकक्षमा आज आयोजना गरेको कोरोना भाइरस अवसर चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनु यएको हो ।

 

उहाँले भाइरसका कारण हाम्रो जीवनको आनीबानीमा परिर्वतन आएको चर्चा गर्दै उहाँले अप्रेशन थिएटरमा जादा स्यानीटाइजर चिकित्सकले लगाउथे अव आम मान्छेले लगाउनु पर्ने रहेछ भन्ने बुझ्न थालेको बताउनु भयो । 
उहाँले कोरोना भाइरसको उच्च जोखिममा बीरगंज रहेको चर्चा गर्दै भाइरसको संक्रमणबाट जोगिन आफै सर्तक हुनु पर्नेमा जोड दिनु भयो । संक्रमण देखियो भने त्यसलाई नियन्त्रण गर्न र संक्रमीतहरुकालागि उपचारको ब्यवस्था गर्न बीरगंजमा करिव १ सय बेडको आइसोलेशन वार्ड निर्माण गरिएको उहाँले जानकारी दिनु भयो । बीरगंजको केडिया डेन्टल अस्पताललाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने तयारी भएको जानकारी दिदै उहाँले आवश्यक परे बीरगंजका अन्य स्थानमा पनि आइसोलेशन वार्ड बनाउन सकिने  बताउनु भयो । उहाँले स्रोत र साधनको अभावको चर्चा गर्दै सबै भन्दा उत्तम उपाय भाइरसको संक्रमण हुन नदिन आफै सर्तक हुने र हातको सरसफाईमा ध्यान दिन आम नगरवासीलाई अपिल गर्नु भयो । 


कार्यक्रममा नारयाणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय, डा. निरज सिंह , डा.लक्ष्मी थापाले कोभीड १९ नाम रहेको कोरोना भाइरसले अहिले संसारमा पारेको प्रभाव,त्यसको सर्ने प्रवृति लक्षण त्यसबाट बच्ने उपायहरुको सन्दर्भमा बिस्तृत चर्चा गर्दु भएको थियो । 


कार्यक्रममा सहभागीहरुले आफना जिज्ञासाहरु पनि राख्नु भएको थियो । सहभागीको जिज्ञासाको जवाफ दिदै मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले संक्रमीत ब्यक्तिको बारेमा टेष्ट गर्नकालागि नारयाणी अस्पतालमा किट उपलब्ध रहेको जानकारी दिनु भयो । 


डा.निरज सिंहले कोरोना भाइरसको संक्रमण र त्यसका कारण ज्यान गुमाउनेहरुको तथ्याकको बिश्लेषण गर्दै पाका उमेरका र दीर्घरोगका बिरामीहरुले बढी ज्यान गुमाउने परेको बताउनु भयो । उहाँले हातका माध्यमले भाइरसको संक्रमण फैलिने चर्चा गर्दै हातको सफाईमा ध्यान दिने र मुख,नाक आखाको सम्पर्कमा हातलाई जान नदिनेमा ख्याल राख्नु पर्ने बताउनु भयो ।

उहाँले कपडामा ९ घण्टा,मेटलमा १२ घन्टा सीसामा त्यो भन्द बढी समय सम्म भाइरस जीवीत रहने चर्चा गर्दै चीनमा सबैभन्द बढी लिफ्ट,एस्कालेटरको प्रयोग गर्दा हातको असवाधानीका कारण संक्रमण फैलिएको बताउनु भयो ।

 

उहाँले संक्रमणबाट जोगिन जीवनशैलीमा परिर्वतन ल्याउनु पर्ने कुरा मा जोड दिनु भयो । डा.लक्ष्मी थापाले खानपानमा पनि ध्यान दिन आवश्यक रहेको चर्चा गर्नु भयो ।

 

उहाँले राम्रो र स्वास्थ तरिकाले हात धुने कुरा त घरपरिवारबाटै शुरु गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले कोरोना भाइरसको संक्रमण हुने बित्तिकै तवाही मचिन्छ भनेर सोच्नु र त्यो खालको प्रचार हुनु बेठीक रहेको बताउदै भाइरसको संक्रमण हुदैमा मान्छे नमर्नै त्यो निको हुने गरेको तथ्याक रहेको बताउनु भयो । 

 


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बीरगंज महानगर अध्यक्ष रहवर अन्सारीले यो संकटबाट पार पाउनकालागि सबै जना एक हुन आवश्यक रहेको चर्चा गनुृ भयो । उहाँले भन्नु भयो एक अर्का प्रति सहयोगी बनौ संकटको सामना गर्न आफै पहलकदमी लिने काम गरौ । 


नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले कोरोना भाइरसले अवसर पनि ल्याएको चर्चा गर्नु भयो ।

 

उहाँले निष्क्रिय  रहेको सार्क कोरोना भाइरसको कारण सक्रिय हुन खोजेको चर्चा गर्दै लक डाउनको अवस्था आएमा आफनो आवश्यकताको आपूर्ती आफैले उत्पादन गर्नु पर्ने अवस्थाको सृजना नेपालीकालागि अवसरको रुपमा रहने बताउनु भयो ।

सामुदायीक एकता जीवनको आनीबानीमा परिर्वतन कोरोनाले नेपालीकालागि जन्माएको अवसर भन्दै अव त्यसलाई जीवनपद्धती बनाउनु पर्नेमा जोड दिनु भयो ।

रोहीत वरनवालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजन श्रीवासतवले गर्नु भएको थियो । कार्यक्रममा सीमीत सहभागिहरु थिए । उनीहरु ३ फिटको दुरीमा राखिएको कुर्सीमा बसेका थिए ।

कार्यक्रम स्थलमा प्रवेश गर्ने बित्तिकै स्वयसेवकहरुले स्यानीटाइजर दिएर हात सफा गर्न लगाएका थिए भने आयोजकले सबैलाई मास्क बितरण गरेको थियो ।

 

कार्यक्रमका माध्यमले कोरोना भाइरसको डर पैदा गर्ने भन्दा पनि त्यसको बारेमा सहि र सत्य कुरा आम जनताको बव्चमा पु¥याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको लिभिङ विथ इन्भारन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.