logo

रुङगटामा कोभिड १९ को संक्रमण छैन, परिवारले राहत महशुस गर्दै,त्रास फैलाउने उद्धेश्य होइनः सासद यादव

      3/22/2020 गते 00 00 मा प्रकाशित     1174   पटक पढिएको

बीरगंज ९ चैत । 
पर्साका क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफनो फेसबुक स्टाटसमा आज दिउसो बीरगंजका खाद्य ब्यापारी शिव रुङगटामा कोमिड १९ को संक्रमण देखिएको र उहाँको पटनामा उपचार भइरहेको लेख्नु भयो ।

 

जनताबाट निर्वाचित साँसदले नै सामाजिक संजालमा स्टाटस लेखेपछि पत्रकारहरुकालागि त राम्रो सूचना हुनै नै भयो । समाचार बन्यो  । यता सामाजिक संजालमा पोष्ट गरिएको स्टाटस पाँच मिनेट पुग्दा नपुग्दै साँसद यादवले डिलिट गर्नु भयो ।

 

तर त्यही पाँच मिनेटमा अनेकौले कैयौं स्क्रिन सट गरि सकेका थिए । राती पौने १० बज्दा नबज्दै रुङटामा कोभिड १९ को संक्रमण नरहेको रिपोर्ट आयो । अनि साँसद जस्तो मान्छेले यस्तो हल्का फेसबुकबाजी किन गरे भन्ने प्रश्न उठन थाल्यो । साँसदको सूचना झूठो पनि भन्न र लेख्न समेत भ्याइयो ।

 

साँसद जो जनताको सुख दुःखको साथी हुनु पर्ने बिश्वब्यापी संकटकाल भेली रहेका आफना नागरिकमा आतंक सृजना गर्ने काम किन गरे ? यि यस्ता दअनेको प्रश्न उब्जे । हामीले साँसद यादवलाई यिनै प्रश्न राख्यौ । परिवारका सदस्यले नै मलाई त्यस्तो सूचना दिएको हुनाले भाइरसको संक्रमणबाट जोगिनकालागि सर्तकर्ता अपनाइयोस भन्ने उद्धेश्यले आफूले सामाजिक संजालमा लेखेको उहाँको भनाई छ  । बेलुका रिपोर्ट नेगेटिभ आयो नी भन्ने जिज्ञासा साँसद यादवले रिपोर्ट नेगेटीभ आकोले मलाईपनि राहत नै महशुस भएको छ उहाँले भन्नु भयो “मेरो उद्धेश्य संत्रास फैलाउने थिएन बच्ने उपायका बारेमा छलफल होस र त्यसलाई लागू गर्ने वतावरण बनेस भन्ने थियो । उहाँले नकारात्मक सहि केही न केही पूर्व तयारीकलागि सक्रिय हुने काम त्यो स्टाटसले गरेको उहाँको बुझाई छ । मैले नराखेको भएपनि हुन्थ्यो भन्ने लाग्यो र लगतै हटाए कहिले काही गरिने गल्तीले पनि ठिक परिणाम दिन्छ यसलाई त्यही रुपमा लिनु पर्छ जस्तो लाग्छ  उहाँले भन्नु भयो । 
बीरगंजका खाद्य ब्यवसायी शिव रुङटाको पटना स्थित अस्पतालमा भएको परिक्षण बाट उहाँमा कोभिड १९ को संक्रमण देखा नपरेको अर्थात नेगेटिभ रिपोर्ट आएको उहाँका भाई सुरेश रुङटाले जानकारी दिनु भएको छ । 

 


राजेन्द्र प्रसाद इन्स्टीच्यूट अफ मेडिकल साइन्स अगामकौन पटनामा आज भएको परिक्षणमा कोभिड १९ नेगेटिभ देखिएको हो । यस अघि उहाँ ७ गते पटनाको पिएमसिएच अस्पतालमा  भर्ना हुनु भएको थियो । आज दिउसो उहाँमा कोभिड १९ को संक्रमण देखा परेको भन्दै समाचार सार्वजनीक भएको थियो ।

 

रुङगटाको बिषयमा अन्तिम रिपोर्टको जाँच पूनेमा हुने र त्यसको रिपोर्ट भोली सोमवार सम्म आउने कुरा परिवारले सार्वजनीक गरेको थिए । तर आइतवार नै नेगेटीभ रिपोर्ट आएकोमा कसरी सम्भव भयो भन्ने स्वाभिक प्रश्न उठेको छ । रिपोर्टमा उल्लेख भएको उमेर नामले पनि सशय पैदा गरेको भन्दै कतिपयले संशय निरुपण हुने गरि प्रष्ट पारिनु पर्ने बिचार समेत ब्यक्त गरेका छन । 

 


समाचार प्रकाशमा आएपछि बीरगंजको जनजीवन एकाएक त्रसित भएको छ । छुटफूट रुपमा खुलेका दोकानहरु बन्द भएका थिए । बजारमा चहल पहल त कम थियो नै संक्रमण फेला परेको समाचार सार्वजनीक भएपछि मान्छेहरु आफना निवास तर्फ लागेका थिए । 

 


रुङटा आफन्तको बिवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकोता जानु भएको थियो । कोलकोता बाट दिल्ली हुदै एक हप्ता अगाडि बीरगंज आउनु भएका रुङटालाई बीरगंज बसाई छ दिन पछि ज्वरो आएको थियो । त्यही ज्वारोको उपचारकालागि पटना जानु भएका रुङगटामा अस्पतालले नै पचास प्रतिशत कोरोना संक्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशंका गरेको परिवारका सदस्यले जनाएका छन ।

 

तर पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन । शिव रुङगटाका भाई सुरेश रुङगटाले रिपोर्ट नेगेटिभ आयो परिवारले राहत महशुस गरेका छौ भन्नु भयो । रुङगटामा कोरोना संक्रमणको हल्ला हुनासाथ स्थनीय प्रशासनले आफनो सक्रियता बढाएको थियो ।

 

परिवपारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राख्ने उनीहरुलाई चिकित्सक सहितको टोलीद्वारा काउन्सेलीङ गर्ने काममा स्थानीय प्रशासनले तदारुकता देखाएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की नेतृत्वको स्थानीय प्रशासनको टोली अहिले रातको समयमा पनि सीमामा आवश्यक ब्यवस्थापनमा खटेको छ ।

 

स्थानीय प्रशासनले बीरगंज रक्सौल सीमा समेत बन्द गर्ने सम्मको तयारी गरेको बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिनु भयो । उहाँले सक्रमण देखा परेको  बिषयले निकै तनाव भएकोमा अव राहत मिलेको बताउनु भयो । रिपोर्ट नेगेटिभ आएपछि राहत भएको छ  उहाँले भन्नु भयो “निकै बेचैनी भएको थियो सम्पूर्ण लक डाउनमा जाने तयारीमा हामी छौ लकडाउनमा गएपनि जुन चिन्ता रुङटामा संक्रमण देखिएको बिषयले 
सृजना भएको थियो त्यो नेगेटिभ देखिनाले निकै राहत भएको उहाँको भनाई छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.