logo

सीमामा रोकिएकालागि अन्तिम पटक प्रवेश दिइने ,लकडाउनलाई सहयोग गरेकोमा जनतालाई धन्यवाद

      3/24/2020 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

बीरगंज ११ चैत । कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले लक डाउनको निर्णय गरेपनि भारतसंग सीमा जोडिएका नाकाहरुमा स्वदेश आउने नेपालीहरु रोकिएकोमा सरकारले आज अन्तिम पटककालागि नेपाल प्रवेशको अनुमती दिने निर्णय गरेको छ । कोरोना रोकथाम उच्च स्तरीय समितिको आज अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो । 
सीमामा जम्मा भएका नागरिकलाई प्रदेश सरकार र स्थानीय सरकारको संयोजनमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने बयवस्था गरि नेपाली भएको प्रमाण हेरेर अन्तिम पटककालागि नेपाल प्रवेश दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा प्रविधी मंत्री डा.युवराज खतिवडाले बताउनु भयो । 
समितिले लकडाउन गर्ने सरकारी निर्णयलाई आम नेपाली नागरिकले मानेर सहयोग गरेकामा सरकारले धन्यवाद दिने निर्णय गरेको छ । आफूपनि सुरक्षीत हाऔ र अरु पनि सुरक्षीत हुने अवस्था बनाउने उद्धेश्यले सरकारले आव्हान गरेको लकडाउनलाई समर्थन गरेर सहयोग गर्नु भएकोमा नेपाली जनतालाई सरकारले धन्यवाद दिएको हो । 

बजारमा स्वास्थय समाग्रीको आपूर्ती नभएकोले निजी क्षेत्रलाई छिटो छरितो त्यस्ता सामाग्रीको आयातकालागि ल्याउन चाहनेलाई सरकारले सबै प्रकारको सहयोग गर्ने भएको छ । सरकार नजिी क्षेत्रका ब्यवसायीसंग समन्वय गरेर स्वास्थ्य समाग्रीको आपूर्ती ब्यवस्था मिलाउन सरकारले सबै सहयोग गर्ने र सामाग्रीको आपूर्ती मिलाउने डा. खतिवडाले बताउनु भयो ।  उहाँले छिटो र छरितो रुपमा बिदेश बाट सामाग्री ल्याउकालागि हवाई यातायातको आवश्यकता परेपनि  सरकार त्यो समेत ब्यवस्था गर्न तयार रहेको बताउदै ब्यवासायीहरुलाई आगाडि आउन उहाँले आग्रह गर्नु भयो । 
कोरोना भाइरसको नियन्त्रणकालागि सरकारले केन्द्रीय कोषको स्थापना गरेकोमा अव त्यही कोषमा रकम जम्मा गर्न सरकारले निर्देश गरेको छ । यस कुनै संघ संस्थाले कोष निर्माण गरेको भएपनि कोष निर्माण गरेको संस्था र आफना मातहताका कर्मचारीबाट मात्र रकम जम्मा गर्नु र त्यो रकम एक हप्ता भित्र केन्द्रीय कोषमा जम्मा गर्नु पर्ने ब्यवस्था गरिएको डा. खतिवडाले जानकारी दिनु भयो ।उहाँले बीरगं अस्पताल काठमाण्डौ र बि.पी. कोइराला मेमोरीयल बिज्ञान प्रतिष्ठान धरानमा  यन्त्र उपकरणको तत्काल जडान गर्ने र त्यो संचालनमा नआउदा सम्म केन्द्रीय प्रयोगशाला टेकुमै  परिक्षण गराउने निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको परिक्षणकोलागि प्रदेश स्तरमा समेत प्रयोगशाला निर्माणको नीति लिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.