logo

एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको छः अध्यक्ष ओली

 इसीमाना सम्वाददता     २०७८ कार्तिक १५ गते ०५: ४७ मा प्रकाशित     822   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउनकालागि आफ्नो पार्टीलाई बहुमत चाहिएको बताएका छन । नेकपा एमालेको भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई ठुलो बनेर बर्चस्व कायम गर्न नभई देश बिकासलागि बर्चास्व चाहिएको बताए ।

 

अध्यक्ष ओलीले देशको ठुलो पार्टी बनाउन होइन देश बनाउनकालागि बहुमत चाहिएको बताए । उनले परिर्वतन ल्याउन र देश बनाउन बहुमत चाहिएको प्रष्ट पारे । प्रतिगामीको आरोप लागेका ओलीले प्रचण्डको गृह जिल्ला चितवनबाट प्रतिगमनलाई तोडेर अगाडि बढ्ने संकल्प एमालेको संकल्प सार्वजनीक गरे । 


देश बनाउने नीति एमालेसंग मात्र रहेको अध्यक्ष ओलीले दावी गरे । उनले भने देश बनाउने पार्टी नेकपा एमाले मात्र हो । 
हजारौ जनताको सहभागिता रहेको कार्यक्रममा उनले नागरिकलाई प्रश्न गरे कांग्रेसले देश बनाउने कुरा गरेको कहिल्ये सुन्नुभएको छ ?  ।

 

एमालेबाट चोइटिएको पार्टीले एकीकृत समाजवादी नाम राखेको बताउँदै अध्यक्ष ओलीले भने बिचारले दक्षीणपन्थी नेतृत्व अवसरवादी  । 
ओलीले भरतपुरमा पुगेर चितवन रामजन्मभूमि भएको  दोहर्याएका छन । अध्ययन गर्दै जाँदा चितवन रामजन्मभूमि भएको उनले बताए । 

एमाले नेता प्रभु साहको ओलीलाई निस्वार्थ साथ 

एमाले नेता प्रभु साहले अध्यक्ष ओली जिउँदो हुँदासम्म आफूले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले भने– ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म निस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।

महाधिवेशनमा चितवनले आफ्नो तागत प्रस्तुत गर्नुपर्ने भन्दै चितवनका नागरिकले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई दिनेहरुलाई सजाय दिनुपर्नेमा साहले जोड दिए ।

उनले विगतको निर्वाचनमा भएको क्षतिपूर्तिसहित आगामी निर्वार्चनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी गरे ।


कार्यक्रममा चितवनमा २६ वर्षदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार वीरेन्द्रमणि पौडेल एमाले प्रवेश गरेका छन्। उनी नारायण टुडेका प्रकाशक तथा सम्पादक हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.