logo

कन्टेनर चढेर आएका यात्रुलाई बीरगजमा क्वारेन्टाइनमा राखियो

      3/24/2020 गते 00 00 मा प्रकाशित     1056   पटक पढिएको

बीरगंज १२ चैत । 
देशमा भएको लकडाउन उल्लंघन गरेर काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 


काठमाण्डौबाट भरतपुर, हेटौडा हुदै वीरगन्ज स्थित घण्टाघरमा गएराति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लरीका चालक शीवनारायण महरालाइ पनि नियन्त्रणमा लिएको छ । 

काठमाण्डौको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मङगलवार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाण्डौ , भरतपुर , हेटौडाबाट ती यात्रुहरु चढेका थिए । प्रति व्याक्ति २ सय रुपैया भाडा दिने शर्तमा चालकले आफुहरुलाइ लरीमा चढाएको यात्रूहरुले बताएका छन् । 

प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा , पर्सा र रौतहटका वासीन्दा हुन् । उनीहरु व्यपार व्यवसाय र मजदुरीका लागि काठमाण्डौ , भरतपुर र हेटौडामा बस्दै आएका थिए ।

 हिजो देखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बारा मोतीसरका रमेश बैठाले बताउनुभयो ।

 यस्तै भरतपुरबाट कन्टेनरमा चढेका पर्साको मुडलीका सन्दिप कलवारले भने चालकले लरीमा चढाउन नमानेपनि आफुहरुले हारगुहार गरेपछि मात्रै चढाएको बताउनुभयो । 

 प्रहरी नियन्त्रणमा रहेका लरी चालक महराले पनि आफुले यात्रुलाइ चढाउन नमानेको भएपनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताउनुभयो ।

 प्रहरी निरिक्षक कुशल बर्तौलाले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरि ५३ जनालाइ स्वास्थ्य परिक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा आज बिहान पठाइएको बताउनुभयो । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले लकडाउन उल्लंघन गरि यात्रु चढाउने लरीका चालकलाइ प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र  स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कार्वाही गरिने बताउनुभयो । यात्रुहरुलाइ भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाच उनीहरुको अवस्था कस्तो देख्निछ त्यसै अनुसार निर्णय गरिने उहाले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.