logo

कन्टेनर चढेर आएका यात्रुलाई बीरगजमा क्वारेन्टाइनमा राखियो

      3/24/2020 गते 00 00 मा प्रकाशित     1150   पटक पढिएको

बीरगंज १२ चैत । 
देशमा भएको लकडाउन उल्लंघन गरेर काठमाण्डौबाट मालवाहक लरीको खाली कन्टेनर भित्र बसेर वीरगन्ज आएका ५२ जना यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 


काठमाण्डौबाट भरतपुर, हेटौडा हुदै वीरगन्ज स्थित घण्टाघरमा गएराति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाइ प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले लरीका चालक शीवनारायण महरालाइ पनि नियन्त्रणमा लिएको छ । 

काठमाण्डौको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मङगलवार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाण्डौ , भरतपुर , हेटौडाबाट ती यात्रुहरु चढेका थिए । प्रति व्याक्ति २ सय रुपैया भाडा दिने शर्तमा चालकले आफुहरुलाइ लरीमा चढाएको यात्रूहरुले बताएका छन् । 

प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा , पर्सा र रौतहटका वासीन्दा हुन् । उनीहरु व्यपार व्यवसाय र मजदुरीका लागि काठमाण्डौ , भरतपुर र हेटौडामा बस्दै आएका थिए ।

 हिजो देखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बारा मोतीसरका रमेश बैठाले बताउनुभयो ।

 यस्तै भरतपुरबाट कन्टेनरमा चढेका पर्साको मुडलीका सन्दिप कलवारले भने चालकले लरीमा चढाउन नमानेपनि आफुहरुले हारगुहार गरेपछि मात्रै चढाएको बताउनुभयो । 

 प्रहरी नियन्त्रणमा रहेका लरी चालक महराले पनि आफुले यात्रुलाइ चढाउन नमानेको भएपनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताउनुभयो ।

 प्रहरी निरिक्षक कुशल बर्तौलाले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरि ५३ जनालाइ स्वास्थ्य परिक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा आज बिहान पठाइएको बताउनुभयो । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले लकडाउन उल्लंघन गरि यात्रु चढाउने लरीका चालकलाइ प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र  स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कार्वाही गरिने बताउनुभयो । यात्रुहरुलाइ भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाच उनीहरुको अवस्था कस्तो देख्निछ त्यसै अनुसार निर्णय गरिने उहाले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.