इसीमाना सम्वाददाता
२०७८ कार्तिक १७ गते ०८: २० मा प्रकाशित
927 पटक पढिएको
युवाहरुको एउटा समुह तिलावेमा पुल बनाउन माँग गर्दै आन्दोलीत छ । ठेक्का भइसकेको पुल समयमा निर्माण भएको छैन । पुल नबन्दाको सास्ती आम पर्साबासीले भोगेकै छन । बिकासको कुरा गरि नथाक्ने पर्साका क्षेत्र नं ३ वाट निर्वाचित भएका तर भ्रष्टाचारजन्य काम गरेका कारण साँसद पदबाट निलम्बनमा परेका हरिनारायण रौनीयारले स्थापना गरेको पप्पु कन्ट्रक्शनले पूल निर्माणको जिम्मा पाएको थियो । उसले नगरे पछि उसको साझेदार कम्पनीले निर्माणको जिम्मा पाएको छ । तर त्यसले पनि काम नगरेपछि सास्ती पाएका नागरिकको पक्षमा युवाहरुको एउटा समुहले अहिले निर्माणको याचना गर्दैछ । अवस्था यही रह्यो भने बिष्फोट पनि होला । तिलावेको यही परिवेशमा पत्रकार रितेश त्रिपाठीको सामाजिक संजाल (फेसबुकमा) भोजपुरी भाषामा लेखिएको एउटा कविता पोष्ट भएको छ । पत्रकार त्रिपाठीले युवा आन्दोलनको सर्मथनमा यो कविता लेखेका हुन । त्यही कविता पाठकहरुकालागि हामीले पनि सभार गरेका छौ । सम्पादक
हाय रे तिलावे
---------------
जात रहनी गावें,
जाम भइल तिलावें,
बुढउ से पुछनी हाल,
उ त लगलें गरियावे,
कहलें भेटाइत ठेकेदार
त मरती एही ठावेँ,
आवाज आइल 'बढ!'
दाब के तनी बावेँ,
केने बढीँ? कह के
एक जने आँख देखावे
बिगड गैल बात
लोग लागल फरियावे,
इ रोज के हाल बा
एक जने लगले बतावे,
ठेकेदारे सरकारे ना
हमहु लगनी सुनावे,
बाटे हमर राउर भी दोष
कह के लगनी समझावे,
कोइ चिहा के देखल
कोइ 'हँ' में माथा डोलावे
कोइ परेसान चुपचाप
कोइ मुह बिच्कावे,
ओने एम्बुलेन्स में फँसल
मरीज मुह लागल बावे,
हम कहनी!
जो रे पर्सा, हाय रे तिलावे ।
आत्मा राम ओझा जी
के ठुठँ सालिक रहे मौन,
जाम फँसले सोचँतानी
दोषी आखिर कौन ?
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया