logo

महानगरको सभापति भएभने एक कार्यकाल पार्टीलाई पहिलो शक्ति बनाउने काममा लाग्छुः चौहान

 इसीमाना सम्वाददाता     २०७८ कार्तिक २१ गते ०५: ३६ मा प्रकाशित     1838   पटक पढिएको

पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको बीरगंज महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन ।  महाधिवेशनको पूर्व सन्ध्यामा संगठनको अधिवेशन हुने नेपाली कांग्रेसको प्रचलन रहेको छ ।

 

१४ राष्ट्रीय महाधिवेशनकोलागि नेपाली कांग्रेस, संगठनको आन्तरिक अधिवेशन मार्फत नेतृत्व निर्माणको चरणमा छ । दुईवटा संसदीय निर्वाचन क्षेत्र पर्ने बीरगज महानगरपालिकाको सभापति पदलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

 

यो भन्दा अगाडि महानगरभित्र नेपाली कांग्रेसको महानगर समिति गतिबिधि शून्यमा रहेको थियो । समिति थियो, गतिबिधि थिएन । महानगरभित्र नेपाली कांग्रेसको राजनीतिक उपस्थिति शून्यमा रहेको थियो । पत्रकार चौहानको उम्मेदवारीले नेपाली कांग्रेस भित्र गती पैदा भएको छ भने महानगरले सक्रियतापूर्वक काम गर्ने बिश्वास समेत जागृत भएको पाइएको छ । 


नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहेका चौहानले पार्टीको संगठन निर्माण र नेपाली कांग्रेसलाई महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए । एउटा राम्रो पोष्टमा छु तर पार्टीको सेवा गर्ने र पार्टीलाई स्थापित गर्न महानगरको सभापतिमा लडने निर्णय गरेको छु पत्रकार चौहानले भने पार्टीका नेता तथा कार्यकर्ता सबैको साथ र सर्मथन मलाई मिल्छ । 


नेपाल पत्रकार महासंघको पर्सा जिल्ला, प्रदेश नं २ ,नेपाल प्रेस युनियनको केन्द्रीय नतेृत्वमा रहेर काम गरेका पत्रकार चौहानको उम्मेदवारीले पर्सेली पत्रकारितामा उमंग संचार भएको छ ।

 

नेकपा एमालेको बीरगंज महानगर कमिटीको उपाध्यक्षमा पत्रकार महेश दासको सर्वसम्मत चयन भएको छ । पर्सेली पत्रकारहरुले नेपाली कांग्रेसको नगर सभापतिमा पत्रकार दीपेन्द्र चौहानलाई सर्वसम्मत रुपमा स्थापित भएको हेर्न चाहेका छन । नेपाली पत्रकारहरुको छाता संस्थामा रहेर आफनो नेतृत्व कौशल देखाई सकेका ब्यक्तिहरु आफनो ठाउँको पार्टीकाममा जोडिन खोज्दा नेतृत्वले त्यसलाई हार्दिकता पूर्वक लिनु पर्ने धारणा राख्नुहुन्छ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ।

 

पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको नेपाली कांग्रेसको बीरगंज महानगरको सभापतिमा भएको उम्मेदवारीलाई पार्टी  नेतृत्वले सर्वसम्मत बनाउन सक्दा पत्रकारिताको माध्यमबाट देश र जनताकालागि गरेको सेवा र त्यहा रहेर प्रजातान्त्रिक बिचारलाई संस्थागत गर्न लडेको सघर्षको सम्मान हुने लामिछानेको टिप्पणी  छ । 


पत्रकार चौहानले आफनो उम्मेदवारीसंगै केही प्रतिवद्धता सार्वजनीक गरेका छन । उनले महानगर सभापतिको एक कार्यकाल आफू अन्य कुनै पदमा दावी नगर्ने र नजाने बताएका छन । एक कार्यकाल सम्म महानगर स्तरमा प्राप्त हुने अवसर र जिम्मेवारीहरुमा अरु साथीहरुलाई अवसर दिने जनप्रतिनिधिमुलक निकायमा आफू नजाने प्रष्ट पारेका छन । 


पछिल्लो समयमा पार्टी भित्र र बाहिर जनप्रतिनिधिमुलक निकायमा राजनीतिक कार्यकर्ता भन्दा पनि ठेक्दार, अनधिकृत कारोवारमा संलग्न तस्कर,जग्गाको ब्यसायमा लागेका दलाल , टोले गुण्डा बनेर हप्ता असुली करेर पैसा कमाउनेहरुले पद र अवसर पाउदै आएको परिवेशमा पत्रकार चौहानको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

राजनीतिक आन्दोलनमा लागेका ,पार्टी भनेर  लाग्दा सबै सकिएका गरिब तथा मध्यम वर्गले पैसाका कारण अवसर र जिम्मेवारी नपाउने परम्परालाई निरुत्साहन गर्न पनि चौहानलाई सभापतिमा जिताउनु पर्ने बिश्लेषण छ पत्रकार अनिल तिवारीको  ।

 

आन्दोलन प्रतिको सर्मपण र योगदानमा आधारित राजनीतिलाई जीवीत राख्ने हो भने पैसा र शक्तिको आड र आधारमा नेतृत्व छान्ने प्रवृतिको अन्त्य गर्न जरुरी छ नेपाली कांग्रेसका बीरगंज महानगरका अधिवेशन प्रतिनिधिहरुले यो सन्देश दिने कुरामा आफू बिश्वस्त रहेको पत्रकार तिवारीले बताए । 


पत्रकार चौहानले आफूले चुनाव जितेपछि नेपाली कांग्रेसलाई बीरगंजमा प्रमुख राजनीति शक्तिको रुपमा स्थापित गरेर कांग्रेसलाई आम जनताको नजरमा देखिने , संकट र सुखमा महशुस गर्न सकिने बनाउने दृढता ब्यक्त गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.