जनकपुरधाम, १३ चैत ।
प्रदेश २ को सरकारले प्रादेशीक अस्पताल जनकपुर ,नारायणी अस्पताल बीरगंज र राजविराज अस्पतालमा कोरोना भाइरस जाँच गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ ।
प्रदेशमा कारोनाको भाइरस संक्रमण परिक्षण गर्ने एउटा पनि प्रयोगशाला नभएको बेलामा प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।
प्रदेश मंत्रीपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लकडाउनका कारण समस्यामा परेका गरिव जनताहरुकोलागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तह संग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।
प्रदेश सरकारले कोरोना भाइरस नियनत्रणका लागि प्रदेश स्तरीय निर्देशन समिति निर्माण गरेको छ ।
मुख्यमंत्री लालबाबुर राउत गद्धीको संयोजकत्वमा बनेको ससिमिति पनि बनेको छ । निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको हो ।
कार्यकारी समितिलाई आजैको मन्त्री परिषद बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणकोलागि लागि चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिकोलागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन ।
मन्त्री परिषदको आज सम्पन्न बैठकले सरकारको तर्फ बाट २५ करोडको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनु भएको छ ।
उहाँले राहत कोषमा सहयोग गर्न समाजिक संघ संस्था , प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरिने बताउनु भएको छ ।
तपाईको प्रतिक्रिया