logo

उपभोग्य समानको नाममा रमिता हेर्नेहरु घटन थाले,सुरक्षीत खरिदबिक्रीको ब्यवस्थापन हुन थाल्यो

      3/26/2020 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

बीरगंज १३ चैत ।
 कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि सरकारले लकडाउनको घोषणा गरेर नागरिकलाई घर भित्र बस्न भन्यो । तर लकडाउन कतिपय नागरिककालागि रमाइलोको बिषय बन्यो ।

यही मेसोमा ग्यास पाइएन तरकारी आलु प्याज पाइएन भनेर कोकोहोलो मच्चाउनेहरु निस्किए । उता संसारमा महामारी बढदो , दिनहु मान्छेको मृत्युदर बढेको छ । उपचारकोलागि औषधी छैन अवस्था भयावह छ । तर नेपालमा सडकमा निस्केर रमिते बन्नेहरुको संख्या अझै पनि देखिन्छ ।

 

कोरोना भाइरसको संक्रमण मान्छेहरुको वीचको सम्पर्कका कारण हुन्छ भन्दै तीनै तहका सरकारले अपिल गरिरहे तर सुनवाई भएन । स्थानीय प्रशासनले अलीक कडा रुपमा प्रस्तुत हुन थाले पछि लकडाउनको मर्मलाई नागरिकले बुझ्न थालेको देखिन्छ । 

दैनीक उपभोग्य सामानको बाहनामा सडकमा निस्कनेहरुकालागि पनि कम्तीमा ३ फिटको दुरी कायम राख्ने अपिल सरकार सहित सबैले गरेका छन ।

 

सामान किन्न नदिने होइन सामान किन्ने तरकारी किन्ने स्थानहरुमा पनि सुरक्षीत हिडडुल हुनु पर्छ भन्ने उद्धेश्य हो ।तरकारी, खाद्यान्न, औषधिलगायतका बस्तु किन्न पनि पर्नेछ, भिडभाडबाट बच्नु पनि पर्नेछ ।

 


बीरगंजमा लकडाउनको तेश्रो दिनमा कतिपय ठाउमा दुरी कायम गर्ने पालो पालो सामान किन्ने परिपाटी देखा परेको छ । सचेत र सक्रिय जनप्रतिनिधि भएको स्थानमा सकारात्मक परिणाम देखिन थालेका छन ।

 

यतिको ब्यवस्था ब्यवसायीहरुले पनि गर्न सक्ने थिए । तर उनीहरुमा त्यस्तो जाँगर देखिएको छैन । बीरगंजको बिर्तामा रहेको किराना पसल अगाडि सुरक्षीत किनमेलको ब्यवस्था मिलाईको छ । 

रौतहटको गौरमा पनि नगरपालिकाले व्यवस्थित रुपमा तरकारीको हाट बजार सञ्चलानमा ल्याएको हो ।

नगरपालिका कार्यालयभन्दा पूर्व पट्टी रहेको तरकारी बजारलाई विक्रेता र क्रेताबीच तीन फिटको दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।

‘दैनिक उपभोग्य तरकारीको सहज आपूर्ति र स्थानियको स्वास्थ्य दुवैलाइए ख्याल गर्दै निश्चित दुरी कायम गरिएको हो’ मेयर अजय गुप्ताले भन्नु भयो , ‘तरकारी बजारभित्र प्रवेश गर्नेलाई मास्क अनिवार्य गरिएको छ । तरकारी बिक्रेता र क्रेताबीच दुरी राखिएको छ । तयसमा सशस्त्र प्रहरी बलले सघाएको छ ।’

खरिदकर्ताबीच पनि दुरी कायम गर्न तीन फिटको अन्तर हुने गरी बर्गाकार घेरा बनाइएको छ । र, त्यही लाइनमा बसेर खरिद गर्नु पार्नेछ । यसरी तरकारी खरिद गर्दा सहज भएको गौर ३ का स्थानीय उपभोक्ता भवनाथ झाले बताए ।


त्यस्तै जनकपुर उपमहानगरपालिकाको वडा नं ७ मा त्याहाका वडाध्यक्षको अग्रसरतामा सुरक्षीत खरिद बिक्रीको ब्यवस्था मिलाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.