logo

नेतृत्व चयनको कांर्यभार कार्यकर्तालाई सुम्पेका छौंः अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०७८ मंसिर ७ गते ०८: ३७ मा प्रकाशित     859   पटक पढिएको


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशंैँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको कार्यभार प्रतिनिधि तथा कार्यकर्ताको भएको बताएकाउनु भएको छ । अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न भनेर आफूले कसैलाई दबाब नदिने बताउनु भयो । 
     पार्टीको महाधिवेशनका सन्दर्भमा आज सो पार्टीको केन्द्रीय प्रचार विभागद्वारा सम्पादकहरुसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले “हाम्रो मतदाता घटेको छैन । केही मान्छे बिग्रिएर पार्टी छाडेर गए ।  त्यसयता सयौँको पार्टी प्रवेशले पार्टीलाई थप बलियो बनेको छ । हाम्रो काम नेताहरुको व्यवस्थापन मात्रै होइन, मुख्य काम देश बनाउने कुरा हो ।” आउने निर्वाचनबाट एमाले नै सरकारमा आउने बताउनु भयो  । 
 अध्यक्ष ओलीले देश बनाउने नीति, कार्यक्रम र योजनाहरु गत विधान महाधिवेशनले पारित गरिसकेकाले यो महाधिवेशनले मुख्य रुपमा नेतृत्व निर्माणको काम गर्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो– “यसपल्ट मूलरुपमा उक्त नीतिहरुको कार्यान्वयनका लागि कस्तो नेतृत्व आवश्यक छ भन्ने छनौटको अभिभारा महाधिवेशनका प्रतिनिधिलाई सुम्पदै छौं । मुलुकको वर्तमान अवस्स्था के हुन् र अब, देशलाई कुन नीति र आधारका साथ अगाडि लान सकिन्छ भन्ने बारेमा नेतृत्व निर्माण महाधिवेशनको मुख्य कार्यसूची छ ।’ 
 महाधिवेशन उद्घाटनम ासवारी साधनको उपलब्धताको सीमाका कारण पाँच लाख जनसमुदाय मात्रै सहभागिता गराउने जानकारी उहाँले दिनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष ओलीले अध्यादेशबाट २० प्रतिशत दल विभाजन गर्न पाउने राजनीतिक दलसम्बन्धी ऐन तथा एमालेले कारबाही गरेका सांसद्लाई सामेल गरेर खोलिएको नेकपा (एकीकृत समाजवादी) लाई दलीय हैसियतमा महाधिवेशनमा आमन्त्रण गर्न नमिल्ने जवाफ दिनुभयो । 
उहाँले वास्तविक कम्युनिष्टहरु एकताबद्ध रहेको तर कम्युनिष्टको बर्काे ओढेकाहरुलाई एकता नगरिने बताउनुभयो । 
अर्काे प्रश्नमा उहाँले एमाले न्यायालय स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक प्रणालीयुक्त होस् भन्ने चाहन्छ भन्नुभयो ।
 तपाईंलाई सर्वसम्मत अध्यक्ष हुने स्थितिमा केही चुनौती आएको हो ? भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो– “एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको जोरजुलुम छैन । म उठ्ने–नउठ्ने टुङ्गो गरेको छैन । त्यसैले मलाई अध्यक्षमा छोड्न वा चुनौती दिन पाइन्छ । अरुलाई नउठ्न दबाब दिन्नँ । म अध्यक्ष भएमा पार्टीमा सबैलाई समान व्यवहार गर्छु ।” अध्यक्ष ओलीले उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उठ्छु भनेर आफूलाई चुनौती नदिएको बरु आफूप्रति आदार, सम्मान, स्नेह दिनभएको भनाई राख्नुभयो  । रावलको  स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको बताउनुभयो । 
    अध्यक्ष ओलीले दशौं महाधिवेशनले एमाले फुट्यो, कमजोर भयो भन्ने भ्रमहरुलाई चिर्ने र पार्टीलाई शुद्धिकरण गर्दै एउटै लयमा अगाडि बढाएर मुलुकको समृद्धिका लागि पुनः नेतृत्व गर्न सक्ने शक्ति आर्जन गराउने बताउँदै एमाले एकजुट, सुदृढ र व्यापक छ भन्ने सन्देश महाधिवेशनले दिने बताउनुभयो ।
     पार्टीका सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईले पाँच लाखको सहभागितामा यही मङ्सिर १० गते चितवनको नारायणी नदी किनारमा निर्मित विशेष मञ्चमा महाधिवेशनको उद्घाटन गरिने र ७२ जना कलाकारको सामूहिक धुनबाट राष्ट्रिय गान बजाइने लगायतका कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँले महाधिवेशले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने सामथ्र्यका साथ एमालेलाई स्थापित गर्ने बताउनुभयो । महाधिवेशनको बन्दशत्र चितवनको सौराहामा हुनेछ । महाधिवेशनमा मनोनितसहित दुई हजार दुई सय प्रतिनिधि हुनेछन् । उद्घाटनशत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिने भट्टराईले बताउनुभयो । महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुनेछ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.