logo

समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागि चाडो चुनाव आवश्यकः अध्यक्ष ओली

      २०७८ पौष ८ गते ०६: ४० मा प्रकाशित     885   पटक पढिएको

पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागिका लागि निर्वाचन अति आवश्यक रहेको कुरामा जोड दिनु भएको छ ।

 

नेकपा एमाले पर्साद्वारा आज जगरनाथपुरमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जनादेशको अपमान गर्दै बनेकोले त्यो देश र जनता प्रति जिम्मेवार नरहेको दावी गर्नु भयो ।

उहाँले नेपालको समग्र भुगोल समेटेर नक्सा जारी गर्ने र नक्सामा भएको जमिन हाम्रो हो भनेर माग्न सक्ने एमाले मात्र भएको र अरुसँग त्यो तागत नरहेको बताउनु भयो ।

 

उहाँले हुलाकी सडकले तराई मधेशको समृद्धि र विकासको ढोका खोलेको बताउदै पहिलो पटक आफू प्रधानमंत्री हुदा हुलाकी सडक निर्माणकालागि चार अर्व ३६ करोड बिनियोजन गरेको स्मरण गर्नु भयो । उहाँले  ज्येष्ठ नागरिकको सम्मन गर्दै नेकपा एमाले सरकारले ०५१ सालमा १ सय बाट शुरु गरेको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुगको बताउनु् भयो ।

 उहाँले  अपांग, असक्त, एकल महिलाको जीवन स्तरमा आमुल परिवर्तन ल्याउन उनीहरुलाई पनि सामाजिक सुुरक्षा भत्ताको ब्यवस्था नेकपा एमालेको सरकारले गरेको जीकीर गनुृ भयो ।

 

 उहाँले हिजो आफूहरुले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थान सम्म आइपुगेको बताउदै प्रचण्डले कुरा नबुझ्दा पतनको बाटो तर्फ माओवादी केन्द्र पुगेको दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल,  नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य निर्मला देवकोटा प्रदेश सदस्य जयप्रकाश थारु लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रममा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य, प्रभू साह सहइन्चार्ज पुरुषोत्तम पौडेल, ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लिला श्रेष्ठ,  पोलिटब्युरो सदस्य सुमन प्याकुरेल , जुली महतो, केन्द्रीय सदस्य बद्री न्यौपाने, रन्जना सरकार, दिवाकर देवकोटा, उद्धव रेग्मी सहितका नेताहरु सहभागिता रहेको थियो ।


यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ । पार्टी प्रवेश कार्यक्रममा जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालीम मियाको अगुवाईमा उहालाई १ सय ५१ किलोको माला लगाईएको हो ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार जालिम मिया, पर्सा क्षेत्र नम्बर २ का नेकपा माओवादीका उम्मेदवार मोसालिम मिया , कालीकामाई गाउँपालिकाका वडाध्यक्ष सोनालाल चौरसिया ,लोसपाका युवा नेता चन्दन मिश्र, पत्रकार मनोज मिश्र लगायत ६ हजार १ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले पर्साका सचिव मनोज गुप्ताले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.