logo

सदभाव समितिको मानवीय काम, फोन गर्नुहोस खाना तपाईकोमा आइपुग्छ

      3/30/2020 गते 00 00 मा प्रकाशित     1144   पटक पढिएको

वीरगन्ज १८ चैत । बीरगंजमा सदभाव सेवा नामक संस्थाले हरेक हप्ता शनिवारको दिन आदर्शनगरको राणी सति मन्दीर अगाडि निशुल्क भोजको ब्यवस्था गर्दै आइरहेको थियो ।

 

अहिले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि गरिएको लकडाउनको अवस्थामा दैनीक निशुल्क भोजन उपलब्ध गराउन थालेको छ । 


लकडाउनले गर्दा दैनीक मजदुरी गरेर खाने श्रमजीवीहरुलाई ठुलो समस्या परेको छ । रोजगार बन्द भएको अवस्था भोको बस्न नपरोस भन्नकालागि समितिले लकडाउन अवधीभर दैनीक खानाको ब्यवस्था गर्ने सदभाव सेवा समितिका रमेश जाटियाले जानकारी दिनु भयो ।

 

बितेको १ सय हप्ता देखी साप्ताहिक रुपमा समितिले भोजन उपलब्ध गराउदै आएको छ ।  साप्तहाकि रुपमा  सात आठ सय ब्यक्तिहरुले भोजन ग्रहण गर्दै आइहरेका थिए । 

 

लकडाउनले गर्दा धेरै जना बाटोमा अलपत्र रहनु भएका र दैनीक कमाएर  खाने श्रमिक वर्गका कोईपनि भोकै बस्नु नपरोस् भन्ने भावनाका साथ सदभाव सेवा समितिका स्वयं सेवकहरुको पहलमा वीरगन्जमा निशुल्क भोजनको व्यवस्था मिलाइएको  जटियाको  भनाई । 


खाना खाने बेलामा समाजिक दुरीलाई कायम राखिएको भएपनि समितिले अहिले फोन मार्फत पनि यो सेवा निशुल्क लिन पाउने ब्यवस्था गरेको छ ।

 

मान्छेको भिड बढी नहोस भन्नकालागि फोन मार्फत माँग भई आएको ठाउमा खानाको प्याकेट पुर्याउने सेवा दिने जाटियाले बताउनु भयो । त्यसको लागि  मोवाइ नं ९८५५०२१६५१ सार्वजनीक गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.