logo

बिरामीको उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने बीरगंज महानगरको चेतावनी

      3/31/2020 गते 00 00 मा प्रकाशित     3427   पटक पढिएको

वीरगन्ज १८ चैत । बिरामीको उपचार गर्न नमान्ने बीरगंजका निजी अस्पतालहरुलाई बीरगंज महानगरले कारवही गर्ने चेतावनी दिएको छ ।

बीरगंज महानगरपालिकामा आज सम्पन्न कार्यपालिकाको बैठकले नै यस्तो चेतावनी दिएको हो । उपचार दिन नमान्ने अस्पताललाई स्पष्टीकरण सोध्ने,नविकरण रोक्ने र इजाजत नै खारेज गर्न सक्ने अधिकार महानगरपालिकालाई छ ।

 

महानगरले उपचार नपाएका बिरामीलाई निवेदन दिन आग्रह गर्दै त्यसमा कारवाही गर्ने  निर्णय गरेको कार्यपालिका सदस्य अरविन्द गुप्ताले जानकारी दिनु भयो । 


कोरोना भाइरसको संक्रमणका बिषयमा कार्यपालिकामा पहिलो पटक छलफल भएको बताउदै नेपाली कांग्रेसका नेता समेत रहेका गुप्ताले अस्पतालहरुले गरेको अमानीय ब्यवहारले मावताको मर्ममाथि प्रहार गरेको बताउनु भयो । 


कार्यपालिकाको बैठकले राहत बितरणका बिषयमा पनि छलफल गरेको छ । दैनीक ज्यालादारीमा जीवन चलाउनेहरु लकडाउनका कारण प्रभावित भएको भन्दै महानगरले राहत बितरण शुरु गरेको थियो । तर राहत बितरणको क्रममा हुने खाने सुविधा सम्पन्न मान्छेहरु नै राहत लिन अग्रसर भएपछि माहानगरले राहत बितरणलाई स्थगीत गरेको थियो ।

 

जसको चुल्हो बलेको छैन महानगरले राहत त्यस्ता ब्यक्तिहरुलाई दिने तयारी गरेको थियो तर राहत लिने बेलामा निर्लज्ज रुपमा हुनेखानेहरु अगाडि आएपछि राहत बितरण नै प्रभावित भएको थियो ।

 

कार्यपालिकाको आजको बैठकले चुल्हो नवलेका गरिव मान्छेहरुलाई मात्र राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यसको लागि सबै वडामा वडाध्यक्षको संयोकत्वमा सर्वदलीय संयन्त्र बनाएर त्यसका माध्यमले आवश्यक ब्यक्तिहरुको तथ्याकं संकलन गरि राहत बितरण गर्ने निर्णय गरिएको छ ।


कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि महानगरले छुट्ट्याएको बिपद सम्बन्धी कोषमा महानगरका प्रमुखको एक वर्षको तलव,जनप्रतिनिधिहरुको एक महिनाको तलव र छैठौ तह सम्मका कर्मचारीहरुको पाँच दिनको तलव बिपद ब्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेको गुप्ताले बताउनु भयो ।

 


बैठकमा महानगर प्रमुख सरावगीले कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा महानगरले अहिले सम्म गरेको कामका बिषयमा जानकारी गराउनु भएको थियो । राहतकालागि खाद्य समाग्री मौज्दात रहेको भन्दै उहाँले आवश्यक पर्दा थप समाग्रीको जाहो गरिने बताउनु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.