logo

कोरोना भाइरसका कारण पछिल्लो चैबीस घण्टामा चार हजार बढीको ज्यान गयो,संक्रम बढदो

      4/1/2020 गते 00 00 मा प्रकाशित     1218   पटक पढिएको

काठमाण्डौ २० चैत ।
विश्वभर कोरोना भाइरस संक्रमणको महामारीबाट बितेको २४ घण्टामा ४ हजार ८ सय ८३ जनाले  ज्यान गुमाएका छन्। एकै दिनमा ७६ हजार ८ सय ३४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ९ लाख ३५ हजार ४ सय ३१ पुगेको छ। यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९४ पुगेको छ।

विश्वका २ सय ३ देशमा फैलिएको महामारीबाट संक्रमित १ लाख ९३ हजार ९ सय ९९ जना उपचारपछि निको भइ घर फर्केका छन् भने ६ लाख ९४ हजार २ सय ३८ कोरोनाका संक्रमित उपचारत छन्।

भाइरसबाट संक्रमितमध्ये ३५ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ७ सय ६० जनाको अवस्था सामान्य रहेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितको संख्या अमेरिकामा रहेको छ भने ज्यान गुमाउनेहरू इटालीमा रहेका छन्। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो।

अमेरिकामा कोरोना संक्रमितको संख्या बुधबारसम्म २ लाख १५ हजार २० पुगेको छ भने ५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा हालसम्म कोरानाका कारण १३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। बुधबारसम्म स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको छ भने ९ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ। चीनमा हालसम्म संक्रमितको संख्या ८१ हजार ५ सय ५४ छ भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ।

जर्मनीमा ७७ हजार ९ सय ८१ कोरोना भाइरसका संक्रमित रहेकोमा ९ सय ३१ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा बुधबारसम्म ५६ हजार ९ सय ८९ जनाम कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। इरानमा ४७ हजार ५ सय ९३ जना संक्रमित रहेकोमा ३ हजार ३६ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोनाको संक्रमणबाट मर्नेको संख्या २ हजार ३ सय ५२ छ जहाँ हालसम्म संक्रमितको संख्या २९ हजार ४ सय ७४ पुगेको छ। स्वीट्जरल्याण्डमा १७ हजार ७ सय ६८ जना संक्रमित रहेका छन्, जसमध्ये ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

टर्कीमा कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ७९ जना छन्। यीमध्ये २ सय ७७ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोनाबाट बुधबारसम्म ८ सय २८ जनाले ज्यान गुमाइसकेका छन्। बेल्जियममा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ।

नेदरल्याण्ड्मा कोरोनाको संक्रमित १३ हजार ६ सय १४ रहेकोमा १ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ। अष्ट्रियामा संक्रमितको संख्या १० हजार ७ सय ११ पुगेका छ, जहाँ १ सय ४६ जनाको मृत्यु भइसकेको छ। भारतका १ हजार ६ सय बढी  संक्रमीत छन भने ३८ जनाको ज्यान गएको छ ।
नेपालमा हाल सम्म ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जना उपचारपछि घर फर्किसकेक छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.