logo

कन्चनपुरबाट गिरफ्तार जमाती दिल्ली मरकजमा सहभागि नभएको दावी

      4/1/2020 गते 00 00 मा प्रकाशित     1450   पटक पढिएको

बीरगंज २० चैत ।
प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कन्चनपुरबाट गिरफ्तार गरेका ब्यक्तिहरु दिल्लीको निजामुद्दीन मर्कजमा  भएको भेलामा सहभागी नरहेको बताइएको छ ।

 

उनीहरु फाल्गुन  ३ देखी ५ सम्म नेपालको सप्तरी जिल्लाको वोदेवरसाइन नगरपालिका–५, जाँजरमा भएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी तब्लीगी इज्तिमा) मा सहभागी भएका ब्यक्तिहरु हुन । 

सोनवर्षाको कन्चनपुर स्थ्ति मस्जिदमा रहेको बेलामा कसैले दिल्लीबाट आएका जमाती भनेर दिएको सूचनाको आधारमा बिशेषत भारतीय महावाणिज्य दुतावासको इन्ट्रेस्टमा उनीहरुलाई प्रहरीले गिरफतार गरेको स्थानीय बुद्धिजीवीहरुको प्रतिक्रिया रहेको छ ।
सप्तरीको कार्यक्रमबाट बनेको जमातमा यो टोलीलाई बारा र पर्साका मस्जिदमा पुगेर रोजा नमाज गर्न लगाउने भगवानको महिमा सुनाउने जिम्मेवारी परेको थियो । गिरफ्तार गरिएका सबै रौतहट जिल्लाका हुन ।


जमातीहरु केही समय बीरगंजका मस्जिद र त्यसपछि कौवावन कटैया,देउरवाना, सोलखपुर ,बैरिया,कन्चनपुर र सोनवर्षाको मस्जिदमा रहेका थिए । जमातीहरुलाई रौतहट पठाउनकालागि वडाध्यक्ष फरमान मिया अन्सारीले रौतहटका प्रमुख जिल्ला अधिकारीसंग जमातीमा रहेका ब्यक्ति माफर्त कुरा पनि चलाउनु भएको थियो ।

 

तर सवारी अभावमा उहाँहरुलाई पठाउन सकिएको थिएन वडाध्यक्ष अन्सारीले भन्नु भयो “कसैले सूचना दियो उहाँहरुलाई प्रहरीले खोजी गरेपछि ट्रयाक्टरमा राखेर थाना सम्म पुर्याए ” । उनीहरुलाई अहिले बीरगंजको सिद्धार्थ माविमा तयार पारिएको क्वारेन्टाइनमा राखिएको छ ।

दिल्लीको निजामुद्दीन मर्कजमा भएको तीन दिने आन्तराष्ट्रिय जमातिहरुको भेलाबाट फैलिएको कोरोनाको सक्रमणको त्रास नेपालका सिमावर्ती जिल्लाहरुमा पनि फैलिएको छ ।

 

भारतीय संचार माध्यमहरुले नेपालका १९ जना जमातीहरुको सहभागीता रहेको समाचार सम्प्रषण गरेपछि अहिलेसम्म विश्व स्वास्थ्य संगठनको ग्रीनजोनमा रहेको नेपालमा पनि कोरोना रोगको सक्रमण फैलिने त्रास बढेको छ । भारतको उत्तराखन्ड प्रहरीले दिल्लीमा भएको जमातीहरुको नामवली सार्वजनिक गरेको छ ।

 

उत्तराखण्ड प्रहरीले सार्वजनिक गरेको नेपालीहरुको नामावली अनुसार चितवनको ११ जना, बाराको ४ जना रौतहटको २ जना, गोरखाका दुईजना र पर्साका एकजना रहेका छन् । चितवनका अधिकांश बकुलहरका रहेका छन् । पर्साको श्रीपुरका एकजना रहेका छन् ।


यसैवीच पटेर्वा सुगौली गाउँपालिका वडा ४ देउरिया बाँधको चेक पोवाईण्टबाट दिलीबाट घर फर्किएको ५ जना रातीको समयमा गाउँमा आउदै गरेको सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र गाउँ पालिकाका स्वास्थकर्मीको टोलीले नियन्त्रणमा लिई निचुटा क्वारेण्टाईनमा राखिएको पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.