logo

बीरगंजबाट स्वाब परिक्षणकालागि काठमाण्डौ पठाइयो

      4/2/2020 गते 00 00 मा प्रकाशित     1053   पटक पढिएको

बीरगंज २० चैत । बीरगंजबाट दुईजनाको थ्रोट स्वाब परिक्षणकोलागि काठमाण्डौ पठाइएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षणसँग मिल्दो जुल्दो लक्षण युवकमा देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको हो । 

कोरोना संक्रमणको आशंकामा पर्साको ठोरी गाउँपालिका–२ बाट वीरगञ्ज ल्याइएका युवक र उनको भाइको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भयो । ।

 उनीसँगै आएका नातामा भाई पर्ने व्यक्तिको पनि नमुना संकलन गरी जाँचका लागि पठाइएको छ । बुधबार नै स्वाब जाँचका लागि एम्बुलेसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको  डा . उपाध्यायले जानकारी दिनु भयो  ।
कोरोना भाइरस संक्रमणको आशंका भएपनछ उनलाई ठोरी गाउँपालिकाको टिपरमा राखेर नारायणी अस्पतालमा पठाइएको थियो । चैत १८ गते राति अस्पताल आइपुगेका उनीहरुलाई प्रारम्भिक जाँचपछि आईसोलेसनमा राखिएको छ ।

नारायणी अस्पतालमा हाल ५ बेडेको आइसोलेसन छ भने थप २० वटा बनाईंदैछ । अस्पतालले दुई साता अघि पनि एक जनाको नमुना परीक्षणका लागि टेकु पठाएको थियो । भारतबाट आएका ती व्यक्तिको रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.