logo

राजनीतिशास्त्रका बिज्ञ चिफलाई नेविसंघको पेचिलो सवाल  प्रमुखको कार्यकाल कति वर्षको हो ?

 इसीमाना सम्वाददाता     २०७८ माघ २ गते ०९: ४० मा प्रकाशित     866   पटक पढिएको

नेपाल बिद्यार्थी संघले  वीरगंज स्थित हरिखेतान  बहुमुखी क्यम्पसका प्रमुखलाई  ज्ञापन पत्र मार्फत ७ सुत्रिय सुशासन युक्त सवाल सोधेको छ । 
क्याम्पसका प्रमुख डा. भगवान यादवले ज्ञापन पत्र बुझ्न मानेन ।

 

त्यसपछि बिद्यार्थीले ज्ञापन बाचन गरेर क्याम्पसको भित्तामा टाँसे । ज्ञापन बुझाउन र बुझ्नु लोकतान्त्रिक बिधि हो । जसलाई आन्दोलनको शालीन रुप भनिन्छ । ज्ञापन बुझेर माँग सम्बोधन गर्दा आन्दोलनका हिसात्मक रुपहरुको अन्त्य पनि हुन्छ ।

 

तर राजनीति शास्त्रमा बिद्यावारिधी उपाधी प्राप्त क्याम्पस प्रमुख डा. यादवले ज्ञापन पत्र किन बुझ्नु भएन ? नबुझे पछि बिद्यार्थी नेताहरुले जे बिकल्प देखी त्यही अनुरुप भित्तामा टाँस गरेर फर्किए । 

 नेविसंघ इकाई समितिका अध्यक्ष मनोज गुप्ताले भने अनुसार बुझ्न नमानिएको पत्र कलेजको भितामा टासिएको र तिन दिनको अल्टिमेटम दिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारि भीमकान्त पौडेललाई सो ज्ञापन पत्र बुझाईएको छ ।

ज्ञापन पत्रमा  सामुदायिक क्याम्पसको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पसको प्रमुको कार्यकाल कति वर्षको हुन्छ ? बिद्यार्थीको संख्याको २५ प्रतिशत अनिवार्य रूपमा निःशुल्क छात्रवृत्ति तथा उत्कृष्ट विधार्थीलाई छात्रवृत्ति किन नदिएको हो ? बीरगंज बिश्वबिद्यालयको नाममा संकलन गरिएको रकम पारदर्शी किन नगरेको ?

 

बिश्व बिद्यालय अनुदान आयोगको अनुदानमा के मा खर्च भइरहेको छ ? कर्मचारीको संचयकोष  रकम र सामाजिक सुरक्षाकोषमा रकम कि जम्मा  हुन्न ? हरि खेतान बहुमुखी क्याम्पसको ब्यवस्थापन समिति कुन प्रक्रियावाट गठन गर्ने गरिएको छ ?करोडौंको लागतमा निर्माण भइरहेको छात्रावासमा सम्झौता अनुसारको सामग्रीहरुको प्रयोग नभएको देखिन्छ कारण के हो ?

 

 प्रश्न उठाइएको छ । यि सबै प्रश्न सुशासनको पक्षमा छन । हरि खेतान बहुमुखी क्याम्पसलाई सबल र प्राज्ञिक थलोको रुपमा स्थापित गर्न सहयोग गर्ने यो ज्ञापन पत्र भित्तामा टाँसीनु पर्ने चाही किन भन्ने अर्को प्रश्न समेत उठेको छ । 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.