logo

कोरोना कहर, जंगलमा तस्करहरु सक्रिय, काठको चोरी निकासी बढ्यो संरक्षण गर्न स्थानीयको माँग

      4/5/2020 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको

बीरगंज २४ चैत ।
कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अप्रिय र कठोर लाग्ने तर आवश्यक लकडाउनको निर्णय लिएकोबेला  काठ तस्करलाई भने स्वाद भएको छ । 

 


पर्सा जिल्लाको उत्तरी क्षेत्रमा रहेको चारकोशे झाडी भित्र रहेका सालका रुखहरु अहिले काठ तस्करको दोहनमा परेका छन । काठको चोरी निकासी बढेको छ ।

 

राष्ट्रिय बन क्षेत्रमा पर्ने  पर्सागढी नगरपालिकाको  बागवाना देखी जिरा भवानी गाउँपालिकाको शंकर सरैया वीचको जगंलमा काठ तस्करको बाक्लो उपस्थिति देखिन थालेको स्थानीयको भनाई छ ।

 

सोनवर्षा,चाफी,रंगपुुर लक्ष्मीपुर,सिद्धपुर,अकुनिया,क्षतीमटाडी सखुनिया कोइलाभार लगायतका ठाउबाट साइकलमा सालको काठको टेना र गोलिया बनाएर काठका तस्करहरुले काठ निकासी गरिहेको स्थानीय बासिन्दाको भनाई छ ।

 

सोनवर्षा,गादी,मधुवन मथौल मनवा क्षेत्रबाट दैनीक रातको समयमा साइकलमा सालका गोलियका काठको निकासी भइरहेको स्थानीयले बताएका छन ।

 

काठ तस्करले आरा सहितका औजार सहित मजदुरहरुलाई जंगलमा लगेर राम्रो र सग्लो रुख ढालेर टेना र गोलीया बनाएर निकासी गर्ने गरेको उनीहरुको भनाई छ ।

 

बनको दोहनले भोली झनै ठुलो समस्या आउने भन्दै स्थानीयले बन संरक्षणकालागि अपिल  समेत गरेका छन । बनको रक्षामा खटिएकाहरु भक्षक भएको भन्दै उनीहरुप्रति स्थानीय जनतामा आक्रोश पैदा भएको छ ।

 


 जिराभावानीको बसन्तपुर, पटेर्वा सुगौलीको वडा नं १ भथौडा, वडा नं २ को रंगपुर सखुवा प्रसौनीको वडा नं १ मधुवन मथवल र पर्सागढी नगरपालिकाको वडा नं १ मनवामा गरि तीनवटा इलाका बन कार्यालय छन । बन रक्षाकालागि अधिकृतको कमाण्डमा खटिएको जनशक्ति नै काठको चोरी निकासीमा मौन बसेको आरोप स्थानीय बासिन्दाको छ ।

 

काठको निकासी हुने क्षेत्रमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको मातहतमा मनवा, एकटांगा,रंगपुर ,महुवनमा प्रहरी चौकी छन । प्रहरीको पोष्टहुदै निर्वाध रुपमा काठको चोरी निकासी भएको देख्दा स्थानीयहरु चिन्तित छन ।

 

कोरोना भाइरसको संक्रमणको डरले समाजलाई गाँजेको बेला तस्करहरु हावी हुनुले कानूनी ब्यवस्थालाई कमजोर बनाएको छ । सालको काठमा बजारमा महगो मूल्यमा बिक्री हुने गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.