logo

प्रदेशको प्रशासनीक मुख्यालयमा छैन क्वारेन्टिन, उपमहानगर भूमिका बिहिन

      4/8/2020 गते 00 00 मा प्रकाशित     1206   पटक पढिएको


जनकपुरधाम २७ चैत
कोरोना महामारीको संक्रमणलाई रोक्न स्थानीय सरकारले महत्वपूर्ण काम गरिरहेका छन । तर प्रदेश २ को प्रशासनीक मुख्यालय रहेको जनकपुर उपमहानगरपालिकाले भने आफनो भूमिका देखाउन असफल भएको छ ।

 

उपमहानगरले आफनो प्रयासमा एउटा क्वारेन्टिन र आसोलेशन वार्ड बनाउन सकेको छैन । स्थानीय तहहरुले  विदेश तथा भारतबाट आएकाहरूलाई राख्न सबै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरेको हुन्।

जनकपुरधाम उपमहानगरपालिकाले ‘लकडाउन’ तेस्रो चरणमा पुगिसक्दा समेत क्वारेन्टाइन स्थापना गर्न सकेको छैन।सबैभन्दा बढी बजेट रहेको जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले गरि दुई वटा स्थानीय सरकारले  क्वोरन्टिन बनाउन सकेका छैनन ।

पहिलो चरणको ‘लकडाउन’ लागू भएलगत्तै जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रीताकुमारी मिश्रलगायत उपमहानगरपालिकाका पदाधिकारीहररू वडा नम्बर १४ स्थित मणिपाल कलेजको प्रयोगविहीन भवनमा क्वरेन्टाइन बनाइने भन्दै निरीक्षण गरेका थिए। तर लकडाउनको तेश्रो चरणमा आइपुग्दा समेत त्याहा क्वारेन्टिन बन्न सकेन । 


उपमहानगरले क्वारेन्टाइन बनाउन नसकेपछि वडा नं ७ का वडाध्यक्ष जानकीराम साहले ८ वेडको क्वारेन्टाइन बनाउनु भएको छ । साहले वडामा रहेको रामजानकी प्राथमिक विद्यालयमा क्वारेन्टाइन स्थापना गर्नु भएको हो।

प्रदेशकै मुकामसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइन नबनाएपछि सामाजिक सञ्जालका साथै नगरवासीहरुको तर्फबाट आलोचना भइरहेको छ।

जनकपुर उपमहानगरपालिकाले भने स्थानीयको बिरोधका कारण क्वारेन्टिन बनाउन नसकेको स्पष्ीकरण दिएको छ । 


धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा प्रदेश स्वास्थ्य निर्देशनालयले ७५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ भने ३२ बेड क्षमताको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ।

यसैगरी धनुषाधाम नगरपालिकाले ३८, गणेशमान चारनाथ नगरपालिकाले २४, सबैला नगरपालिकाले २५, मिथिला नगरपालिकाले १०, क्षिरेश्वरनाथ नगरपालिकाले ११ र विदेह नगरपालिकाले २५ वेडको क्वारेन्टाइन तयार गरिसकेको छ।

शहीदनगर नगरपालिकाले ३०, कमला नगरपालिकाले १५, मिथिला बिहारी नगरपालिकाले ७, हंसपुर नगरपालिकाले ११, जनकनन्दनी गाउँपालिकाले २०, बटेश्वर नगरपालिकाले २५, धनौजी गाउँपालिकाले १४, औरही गाउँपालिकाले १६ र लक्ष्मिनिया गाउँपालिकाले ७ बेड क्षमताको क्वारेन्टाइन तयार गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.