logo

नेपाली कांग्रेसमा निर्वाचन ,सभापतिमा क्षेत्री र पटेलको उम्मेदवारी १९ मा मतदान हुने

 इसीमाना सम्बाददाता      २०७८ फागुन १७ गते ०८: २० मा प्रकाशित     940   पटक पढिएको

नेपाली काङग्रेसको पर्सा जिल्ला सभापतिका लागि दुई जना बीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस जिल्ला सभापतिका लागि जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्री र कांग्रेसका निवर्तमान जिल्ला सचिव श्याम पटेलबीच प्रतिस्पर्धा हुने भएको हो।

 


जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिनु भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधेश प्रदेशका कमाण्डर रमेश रिजाल, पूर्व मंत्री पूर्व केन्द्रीय सदस्य सुरेन्द्र चौधरी , केन्द्रीय सदस्य अजय कुमार चौरसिया, संबिधान सभा सदस्य अनिल रुङटा लगायतका नेताहरुको सर्मथन क्षेत्रीलाई छ ।

 

गतिशिल नेताको छवी भएका नेता क्षेत्री पर्सा क्षेत्र नं ३ का हुन । पार्टीका जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यको समर्थन पटेललाई छ । शान्त र शालिन स्वभापका पटेल क्षेत्र न. २ का हुन । दुबै नेता बिद्यार्थी राजनीतिबाट आएका हुन ।

 

क्षेत्री ठाकुरराम बहुमुखी क्याम्पसमा पंचायतकालमै स्ववियु सभापति भएका हुन भने पटेल प्रजातन्त्र आइसकेपछि स्वबियु उपसभपति भएका बिद्यार्थी नेता हुन ।

 

पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव, सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।

 

क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम, सहसचिवमा नविन सिंह र मदनप्रसाद यादवको उम्मेदवारी परेको छ । फाल्गुण १९ मा हुने मतदानमा १ हजार ८ सय मतदाता सहभागी हुनेछन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.