बीरगंज २७ चैत ।
पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले पर्सा क्षेत्र नं १ का सासद प्रदीय यादवलाई सेल्फ क्वारेन्टिनमा बस्न आग्रह गर्नु भएको छ ।
सासद यादव बुधवार सीमावर्ती भारतको रक्सौलमा रहेको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई भेट्न जानु भएको थियो ।
यादव त्याहा गएको बिषयले जोखिम बढाएको भन्दै आलोचना भएपछि उहाँलाई क्वारेन्टिनमा बस्न भनिएको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो ।
सासद यादवसंगै रक्सौल जानुभएका अन्यलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनेको उहाँले जानकारी दिनु भयो । उहाँहरु होम क्वारेन्टिनमा हुनुहुन्छ । मैले उहाँहरुलाई त्यही आग्रह गरेको छु र उहाँहरुले पनि त्यो प्रतिवद्धता जनाउनु भएको छ ।
कोरोना भाइरसको संक्रमणको दोश्रो चरणमा नेपाल प्रवेश गरेको र सीमा क्षेत्र निकै जोखिममा रहेको छ । यही बेलामा पर्सा क्षेत्र नं १का सासद प्रदीप यादव सीमापारि रक्सौलमा रहेको हजारी मल उच्च माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा जानु भएको बिषय बिवादमा परेपछि उहाँलाई पर्साका प्रमुख जिल्ला अधिकारीले होम क्वारेन्टिनमा रहन आग्रह गर्नु भएको हो । भाइरसको संक्रमण फैलिदो अवस्थामा छ ।
सीमावार पार क्वारेन्टिनमा दुबै तर्फकानागरिक रहेका छन । संक्रमण नफैलियोस भनेर दुबै देशका सरकार प्रमुख तहमा भएको समझदारी पछि यस्तो गरिएको हो ।
यसको उद्धेश्य संक्रमणलाई रोक्नु हो । यस्तोमा सासद यादवको रक्सौल भ्रमण हाम्रालागि जोखिमपूर्ण भयो त्यो जोखिमलाई कम गर्न क्वारेन्टिनमा बस्दा ठिक हुने नेकपा पर्साका अध्यक्ष प्रभू हजराको भनाई छ ।
सासद यादवको रक्सौल भ्रमणको बिषयमा गृहमंत्रालयले पनि चासो राखेको छ । गृहमंत्रालयले समेत सासद सहितको टोलीलाई क्वारेन्टिनमा राख्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देश दिएको स्रोतको दावी छ ।
सासद यादवले भने आफूले बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको प्रोटोकलको बर्खिलाप नगरेको बताउनु भएको छ ।
उहाँले भारतीय प्रशासक इजाजत लिएर पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएर आफू रक्सौल गएको बताउन भयो । उहाँले पर्साका प्रमुख जिल्ला अधिकारीले आफूलाई होम क्वारेन्टिनमा बस्नु भनेको बताउनु भयो । उहाँले आफू रक्सौल जानुको पछाडि खराव नियत नरहेको बताउनु भयो । यत्रो संकटको बिषयमा आम नागरिकलाई अपिल गर्दै हिडेको छु उहाँले भन्नु भयो“अनि मैले लापरवाही गर्छु होला र ? ।
सांसद प्रदीप यादवको रक्सौल भमण संघीय संसदको सचिवलायलाई जानकारी छैन त्यसो भएकोले पनि उहाँको भ्रमण विवादीत भएको हो । सासद यादवले आफूले संसद सचिवालयमा सम्पर्क गरेको तर फोन स्वीच आफ आएको बताउनु भयो ।
तपाईको प्रतिक्रिया