logo

के म भाइरस उत्पादन गर्ने फ्याक्ट्री हो ? समाचारको पुष्टि गर्न मेरो चुनौती छः मिया

      4/10/2020 गते 00 00 मा प्रकाशित     10572   पटक पढिएको

बीरगंज २८ चैत । 
कोरोना भाइरसबाट संक्रमीत ब्यक्तिहरुलाई भारतमा पठाएर षडयन्त्र गरेको  भन्दै भारतीय संचारमाध्यममा प्रशारीत समाचार प्रति पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया अन्सारीले गम्भिर आपत्ती र असहमती जनाउनु भएको छ । 


उहाँले भारतीय सरकारको स्थानीय अड्डाको हवाला दिएर आफू बिरुद्ध प्रशारीत समाचार पुष्टि गर्न चुनौती दिनु भएको छ । उहाँले इसीमानासंग कुरा गर्दै जालिम मिया कोराना भाइरस उत्पादनकर्ता हो र ? भन्ने प्रश्न गर्नु भयो ।

 

कोरोना भाइरसवाट संक्रमीत बनाएर मैले ४० ५० जना मान्छे भारत पठाउने कुरा आजको युगमा सभ्य र शिक्षित समाजले पत्याउने कुरा नभएको उहाँले बताउनु भयो । कोरोना भाइरसको संक्रमणबाट जोगिनकालागि नेपाल र भारत दुशै देशमा लकडाउन घोषीत छ ।

 

दुबै देशका नागरिक जो जाहाँ छ उसलाई त्यही देशमा क्वारेन्टिनमा राख्ने सरकारप्रमुख वीचको सहमती भएपनि भारत तर्फबाट लकडाउनको समयमा लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई पहिचान गरिएजति सबैलाई क्वारेन्टिनमा राखिएको छ । ज्यानकै डरले हो १८ दिन देखी घरबाट बाहिर मान्छेहरु निस्केका छैनन ।

 

यस्तोमा भारतीय प्रशासनीक  निकायको हवला दिएर चुहिएको सूचनामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले संक्रमीतहरुलाई भारत पठाएको आशंकायुक्त सूचनाको संकलन आफैमा हास्यास्पद रहेको मियाको दावी छ । भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारीको कार्यालयले संकलन गरेको सूचनाको सत्यातामाथि गम्भिर सवाल उठेका छन ।

 

भारतको बिहारमा ६० जना कोरोना भाइरसका संक्रमीतहरुको पहिचान भएको छ । त्यमध्य जगरनाथपुर गाउँपालिकाको आसपासमा रहेका पूर्वी चम्पारण पश्चिमी चम्पारणको मोतीहारी, बेतिया, नरकटीयागन्ज बगहा लगायतका क्षेत्रमा कोरोना संक्रमीतहरु फेला परेका छैनन । लकडाउनमा सवारी साधन चलेका छैनन । यस्तोमा बेतिया  जिल्ला पदाधिकारीको सूचनालाई सत्य मान्ने हो भने त्यसको पुष्टिको आधार देखिदैन। त्यसकारण पनि त्यो सूचनामै खोट रहेको देखिन्छ । यद्धपी मियाले संकलीत सूचना र प्रशारीत समचार पुष्टि गनृ चुनौती नै दिनु भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपनि मान्छे संक्रमण फैलाउन कुद्छ कि उसलाई उपचारको आवश्यकता पर्छ ?  भाइरसको संक्रमणले ग्रसीत कतिपय ब्यक्तिहरुले सामाजिक संजालमा दिएका सन्देशलाई आधार मान्ने हो भने संक्रमीतहरुको दम बढ्छ, कमजोरी हुन्छ रुघाखोकी लाग्छ बोल्न समेत गार्हो हुने गर्दछ ।

 

यस्तो शारिरिक अवस्था बोकेर मान्छे संक्रमण फैलाउदै हिड्न सक्छ ? भन्ने प्रश्न उठदछ  ।  मान्छेलाई ज्यानको माया  हुन्छ म तपाईहरुले चिनेको मान्छे हो जनताको प्रतिनिधि हो मेरो के स्वार्थ हुन सक्छ र मैले त्यस्तो गर्ने अनि मैले चाहदैमा हुने हो र ? यो सवै वहियात कुरा  हो ।

 

यो तुच्छ खालको हर्कत हो । यसमा सत्यता छैन यो भ्रम हो मेरा बिरुद्धको षडयन्त्र हो । सीमा जोडिएको भारतीय गाउँ र शहरसंग हाम्रो पनि रोटी बेटीको नाता छ । जनस्तरमा हाम्रो मित्रतापूर्ण ब्यवहार छ । यो सम्बन्धलाई सम्मान गर्ने जालिम मिया बिरुद्धको षडयन्त्र धेरै दिन नटिक्ने उहाँको भनाई छ ।

उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा यसबारे लिखित पत्राचार गरेको जानकारी दिनु भयो ।

अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रशारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न महावाणिज्य दूतावासमार्फत माग गर्ने पनि बताउनुभयो ।

भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०र/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । यसरी पठाइएको पत्रमा जिल्ला पदाधिकारी कार्यालयको छाप भने देखिदैन । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.