logo

के म भाइरस उत्पादन गर्ने फ्याक्ट्री हो ? समाचारको पुष्टि गर्न मेरो चुनौती छः मिया

      4/10/2020 गते 00 00 मा प्रकाशित     10677   पटक पढिएको

बीरगंज २८ चैत । 
कोरोना भाइरसबाट संक्रमीत ब्यक्तिहरुलाई भारतमा पठाएर षडयन्त्र गरेको  भन्दै भारतीय संचारमाध्यममा प्रशारीत समाचार प्रति पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया अन्सारीले गम्भिर आपत्ती र असहमती जनाउनु भएको छ । 


उहाँले भारतीय सरकारको स्थानीय अड्डाको हवाला दिएर आफू बिरुद्ध प्रशारीत समाचार पुष्टि गर्न चुनौती दिनु भएको छ । उहाँले इसीमानासंग कुरा गर्दै जालिम मिया कोराना भाइरस उत्पादनकर्ता हो र ? भन्ने प्रश्न गर्नु भयो ।

 

कोरोना भाइरसवाट संक्रमीत बनाएर मैले ४० ५० जना मान्छे भारत पठाउने कुरा आजको युगमा सभ्य र शिक्षित समाजले पत्याउने कुरा नभएको उहाँले बताउनु भयो । कोरोना भाइरसको संक्रमणबाट जोगिनकालागि नेपाल र भारत दुशै देशमा लकडाउन घोषीत छ ।

 

दुबै देशका नागरिक जो जाहाँ छ उसलाई त्यही देशमा क्वारेन्टिनमा राख्ने सरकारप्रमुख वीचको सहमती भएपनि भारत तर्फबाट लकडाउनको समयमा लुकीछिपी नेपाल प्रवेश गर्नेहरुलाई पहिचान गरिएजति सबैलाई क्वारेन्टिनमा राखिएको छ । ज्यानकै डरले हो १८ दिन देखी घरबाट बाहिर मान्छेहरु निस्केका छैनन ।

 

यस्तोमा भारतीय प्रशासनीक  निकायको हवला दिएर चुहिएको सूचनामा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले संक्रमीतहरुलाई भारत पठाएको आशंकायुक्त सूचनाको संकलन आफैमा हास्यास्पद रहेको मियाको दावी छ । भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारीको कार्यालयले संकलन गरेको सूचनाको सत्यातामाथि गम्भिर सवाल उठेका छन ।

 

भारतको बिहारमा ६० जना कोरोना भाइरसका संक्रमीतहरुको पहिचान भएको छ । त्यमध्य जगरनाथपुर गाउँपालिकाको आसपासमा रहेका पूर्वी चम्पारण पश्चिमी चम्पारणको मोतीहारी, बेतिया, नरकटीयागन्ज बगहा लगायतका क्षेत्रमा कोरोना संक्रमीतहरु फेला परेका छैनन । लकडाउनमा सवारी साधन चलेका छैनन । यस्तोमा बेतिया  जिल्ला पदाधिकारीको सूचनालाई सत्य मान्ने हो भने त्यसको पुष्टिको आधार देखिदैन। त्यसकारण पनि त्यो सूचनामै खोट रहेको देखिन्छ । यद्धपी मियाले संकलीत सूचना र प्रशारीत समचार पुष्टि गनृ चुनौती नै दिनु भएको छ ।

कोरोना भाइरसको संक्रमण भएपनि मान्छे संक्रमण फैलाउन कुद्छ कि उसलाई उपचारको आवश्यकता पर्छ ?  भाइरसको संक्रमणले ग्रसीत कतिपय ब्यक्तिहरुले सामाजिक संजालमा दिएका सन्देशलाई आधार मान्ने हो भने संक्रमीतहरुको दम बढ्छ, कमजोरी हुन्छ रुघाखोकी लाग्छ बोल्न समेत गार्हो हुने गर्दछ ।

 

यस्तो शारिरिक अवस्था बोकेर मान्छे संक्रमण फैलाउदै हिड्न सक्छ ? भन्ने प्रश्न उठदछ  ।  मान्छेलाई ज्यानको माया  हुन्छ म तपाईहरुले चिनेको मान्छे हो जनताको प्रतिनिधि हो मेरो के स्वार्थ हुन सक्छ र मैले त्यस्तो गर्ने अनि मैले चाहदैमा हुने हो र ? यो सवै वहियात कुरा  हो ।

 

यो तुच्छ खालको हर्कत हो । यसमा सत्यता छैन यो भ्रम हो मेरा बिरुद्धको षडयन्त्र हो । सीमा जोडिएको भारतीय गाउँ र शहरसंग हाम्रो पनि रोटी बेटीको नाता छ । जनस्तरमा हाम्रो मित्रतापूर्ण ब्यवहार छ । यो सम्बन्धलाई सम्मान गर्ने जालिम मिया बिरुद्धको षडयन्त्र धेरै दिन नटिक्ने उहाँको भनाई छ ।

उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा यसबारे लिखित पत्राचार गरेको जानकारी दिनु भयो ।

अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रशारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न महावाणिज्य दूतावासमार्फत माग गर्ने पनि बताउनुभयो ।

भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०र/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । यसरी पठाइएको पत्रमा जिल्ला पदाधिकारी कार्यालयको छाप भने देखिदैन । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.