logo

बीरगंजमा तीन भारतीयमा कोरोना संक्रमणको पुष्टि,थप सर्तकताको अवश्यकता

      4/12/2020 गते 00 00 मा प्रकाशित     1193   पटक पढिएको

 


बीरगंज ३० चैत ।

तीनजना भारतीय नागरिकमा (जमाती) कोरोना भाइरसको संक्रमणको रिर्पोट पोजेटिव भएको पुष्टि भएको छ । दोश्रो पटकको परिक्षणमा राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौले आज यो कुराको पुष्टि गरेको हो।

 

उनीहरु बीरगंजको नारायणी अस्पतालमा  आइसोलेसनमा भर्ना भएका  छन । कोरोनाको संक्रमण पोजेटिभ फेला परेको सम्बन्धमा मंत्रालयले प्रेस बिज्ञप्ति केही बेरमा जारी गर्दै छ । तीन जनामध्य एक जना दिल्ली र २ जना उत्तर प्रदेशबाट नेपाल आएका हुन्।


चैत २७ गते छपकैया र  घुसुकपुर मस्जिदबाट २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा स्क्रीनिङु का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब सङ्कलन गरी बागमती प्रदेशको राजधानी हेटौँडा  १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।

 

२४ जनामध्ये तीन जनाको रिपोर्ट शङ्कास्पद देखिएपछि प्रहरीले चैत २९ गते बेलुका छपकैयाको मस्जिदमा रहेका अरूलाई पनि क्वारेन्टाइनमा राखेको छ । उनीहरूलाई वीरगन्जको सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको छ ।

उनीहरूमध्ये तीन जनाको रिपोर्टमा कोरोना भाइरस (कोभिड १९) पोजेभिटको आशङ्का देखेपछि चैत २८ गते ती तीनजानालाई अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेशनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले चैत २७ गते स्वाब सङ्कलन गरेर पठाइएको २४ जनामध्येको तीन जनालाई अस्पतालको आइसोलेशन कक्षमा राखिएको बताउनु भयो ।

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा चैत २८ गते ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको रिपोर्ट भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप परिक्षणकोलागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो   ।


 कोरोना संक्रमण पोजेटिभ भेटिएपछि शनिवार अवेर राती नारायणी अस्पताल प्रशासनले सूचना निकालेर इमरजेन्सी बाहेक सबै ओपीडी सेवा अनिश्चितकाल सम्मकोलागि बन्द रहने जनाएको छ ।

बीरगंज महानगरले कोरोना संक्रमीतहरुको उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी र सरक्षाकर्मीकालाग लागि छुट्टै क्वारेन्टिनको ब्यवस्था गरेको छ । बीरगंजको होटेल कन्ट्री इनमा चिकित्सक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुकोलागि बस्ने ब्यस्था गरिएको बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले जानकारी दिनु भयो । 


तीनजनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि मध्यतराईमाको जनजीवन चिन्तित भएको छ । चिकित्सकहरुले चिन्ता भन्दा पनि सर्तकर्तामा ध्यान दिन आपिल गरेका छन । 


तीन जनामामा पहिलो चरणको परिक्षणमा संक्रमण पोजेटिभ देखिएपछि स्थानीय प्रशासनले शनिवार साँझ 
बीरगञ्ज महानगरपालिका २ स्थित दुई मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका अधिकाँश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् ।  कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो । उनीहरुलाई बीरगंजको सिद्धार्थ माविमा बनाइएको क्वारेन्टिनमा राखिएको छ । 

अव यो समेत नेपालमा संक्रमित संख्या १२ पुगेको सरकारले पुष्टि गरेको छ । नेपालमा सबैभन्दा पहिला गत माघ १० गते एक जना विद्यार्थीमा कोरोना भाइरस देखिएको थियो। उनी चीनबाट फर्किएका विद्यार्थी हुन्। उनी उपचारपछि निको भइसकेका छन्।

त्यसपछि चैत १० गते दोस्रो संक्रमित फेला परेको हो। उनी चैत २ गते कतार एयरबाट नेपाल आएकी युवती हुन्। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

 

चैत १२ गते तेस्रो संक्रमित भेटिएको थियो। उनी युनाइटेड अरब इमिरेट्स [युएई} बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन्। उनी पनि टेकु अस्पतालमा उपचारत छन्। चैत ६ गते नेपाल फर्किएका उनी चैत १० गते अस्पताल भर्ना भएका थिए। 

उनी चैत १० गते सोमबार अस्पताल भर्ना भएपनि मंगलबार राति रिपोर्ट आएको थियो र १२ गते बुधबार दिउँसो सार्वजनिक गरिएको थियो। उनी एयर अरबियाको फ्लाइट नम्बर जि ९५३७ बाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएको मन्त्रालयले जनाएको छ।

त्यसको दुई दिनपछि १४ गते चौथो संक्रमित भेटिए। उनी धनगढीका ३४ वर्षीय पुरुष हुन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। ती युवक संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका हुन्।

 

पाँचौ संक्रमित त्यसको भोलिपल्टै भेटिएका थिए। १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो। बागलुङकी संक्रमित युवती पनि कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्। चैत २० गते बागलुङकी एक महिलामा पनि कोरोना देखिएको थियो। चैत २२ गते एकैपटक सुदूरपश्चिममा तीन जना नेपालीमा कोरोना संक्रमण भेटिएको थियो।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.