logo

महानगर प्रमुखको प्रयासमा मुख्यमंत्रीको अवरोध, नआत्तिनुहोला म तपाईसंगै छुः मुख्यमंत्री

      4/12/2020 गते 00 00 मा प्रकाशित     2236   पटक पढिएको

बीरगंज ३० चैत ।
तीन जना भारतीय नागरिकमा कोराना भाइरसको संक्रमण देखिएपछि उनीहरुले आश्रय लिदै आएको बीरगंजको छपकैया क्षेत्रलाई शिल गरिएको छ ।

 


उनीहरुमा कोरोनाको संक्रमणको आन्तरिक पुष्टि भएपछि नै नारायणी अस्पतालले इमरजेन्सी बाहेक सबै ओपीडी सेवा बन्द गर्यो । बीरगंजका चिकित्सकहरुले छुट्टै कोभिड अस्पतालको निर्माणको माँग उठाई रहेका छन ।

 

बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमणको पुष्टि संगै यो महामारीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा स्थानीय सरकार  र प्रशासन सक्रिय भयो ।

 

छपकैया क्षेत्रको शिलबन्दी त्यो क्वीक एक्शनको परिणाम थियो । कोभिड नियन्त्रणको कमाण्ड पोष्टको नेतृत्वकर्ता र स्थानीय सरकार प्रमुखको आपताकालीन बैठक बस्यो र रोकथाामका रणनीतिका बिषयमा छलफल भयो । 

 


बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाले ६ बजेर ३९ मिनेट जादा सामाजिक संजालमा कोभिड अस्पताल संचालन गर्ने निर्णय कार्यान्वयन नगर्न मुख्यमंत्रीले निर्देशन दिएको कुरा सार्वजनीक गर्नु भयो ।

 

यद्यपि, प्रदेश सरकारले नै केही दिन अघि विज्ञको टोली बीरगन्ज पठाएर कोरोना अस्पताल सन्चालनमा लागि सम्भाव्यता अध्ययन गराएको थियो ।

 

तर आज स्थानीय प्रशासनकै तर्फबाट अस्पताल सन्चालन गर्न भएको निर्णयमा प्रदेशले रोक लगाउँदा स्थानीय सरकार प्रशासन र स्वास्थ्यकर्मीमा निराशा छाएको छ ।

 


चैत १३ भित्र कोरोना बिशेष अस्पताल बनाई सक्नु पर्ने थियो । संघ र प्रदेश सरकारको सूचीमा नारयाणी अस्पताल हव अस्पतालको रुपमा रहेको छ । प्रदेश मंत्रीपरिषदको निर्णयले कलैया अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । 
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महानगर प्रमुखले आफना नगरिकको सुरक्षाकालागि लिएको तत्परताले सार्थकता पाउन भने सकेन ।

 

बीरगंजको हेल्थ केयर अस्पताललाई निश्चित भाडा तिर्नेगरि उसको उपकरण र भौतीक पूर्वाधार उपयोग गर्ने गरि अस्पताल चलाउने कुरामा सहमती भएको सल्लाहकार देवकोटाको स्टाटसबाट बुझिन्छ ।


यहीबेला प्रदेश सरकारका प्रमुख मुख्यमत्रीले महानगरप्रमुखलाई अस्पताल संचालन नगर्न मौखिक निर्देशन दिएपछि अन्यौलता थपिएको देवकोटाले लेख्नु भएको छ । 


नारयाणीमा रहेको आइसोलेशन वार्डमा कोरोना संक्रमीत भर्ना छन तर उनीहरुको उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको ब्यवस्थापनको बिषय पनि गम्भिर भएकोले कोभिड अस्पतालको आवश्यकता परेको हो त्यो नहुदा चिकित्सकहरु पनि अप्ठयारोमा पर्न थालेका छन । 


एक त कोरोना भाइरसको संक्रमणले गर्दा बीरगंज लगायत मध्य तराईका नागरिक चिन्तामा परेका छन । औषधीमुलो केहीबाट पनि उपचार नहुने कोरोनाको संक्रमण फैलीदै जादा महामारीको अवस्था ल्याउन सक्छ  । त्यो सम्झेर नै ब्यक्तिहरु चिन्तामा परेका छन ।

 

स्थानीय सरकार प्रमुख भएको नाताले आफना नागरिकलाई सुरक्षीत राख्ने प्रयास गर्दा अवरोध आएपछि महानगर नेतृत्व समेत चिन्तामा परेको छ ।

 

प्रदेश सरकारले बीरगंजमा कोभिड अस्पताल निर्माणमा किन अवरोध सृजना गर्नु पर्यो भनेर इसीमानाले मुख्यमंत्री लालबाबु राउतलाई प्रश्न गरेको थियो ।

प्रदेश सरकारको मंत्री परिषदले प्रदेशको दुई ठाउमा कोभिड अस्पताल संचालन गर्ने भनेर निर्णय गरेको र कलैयाको अस्पतालमा कोभिड सम्बन्धी उपकरण र प्रविधि जडान सहितका अन्यकामकालागि साढे पाँच करोड निकासा दिएको उहाँले बताउनु भयो ।

 

अस्पताललाई जनशक्ति आपूर्तीका निम्ति तत्काल गर्न सक्ने गरि अख्तियारी समेत दिएको उहाँले बताउनु भयो ।

 

 निजी अस्पतालमा एक ढेड करोड भाडमा लिएर अस्पताल चलाउने कुरा अहिलेको अवस्था त्यती मनासिब नहुने र त्यती रकमले आवश्यक उपकरण जोडिने भएकोले बीरगंजमा अस्पताल अहिलेलाई संचालन नगर्न आफूले भनेको उहाँको भनाई छ ।

 

अहिले त्यत्रो रकम दिएर अस्पताल भाडमा संचालन गर्ने कुरालाई कर्मचारीतन्त्रले सहयोग  गर्दै कानूनहरु त्यती अनुकुल छैनन जसले गर्दा आजको भोली भाडमा लिएर काम गर्न सकियोस यो कानूनी अडचन पनि सामुमा रहेको उहाँले बताउनु भयो ।

 

उहाँले  कलैया अस्पतालमा अहिले नै बीरगंजको बिरामीलाई सार्न सक्ने गरि तयारी भएको र  त्याहाको सम्पूर्ण अवस्थालाई तयार राख्न सिंगो सरकार लागिरहेको उहाँले बताउनु भयो ।

 

उहाँले बारा पर्सा रौतहटका नागरिकलाई नआत्तिन आग्रह गर्दै कोभिड अस्पताल भोलीदेखी नै संचालनमा आउने अवस्थामा रहेकोले चिन्ता नलिनु होला भन्नु भएको छ ।

 

उहाँले प्रदेश सरकार र त्यसको प्रमुखको रुपमा रहेको म तपाईहरुसंगै छु प्रदेश सरकार स्थानीय सरकार र प्रशासन नागरिक हामी सबै मिलेर नै यो संकटबाट पार पाउन सक्छौ ।

 

 मुख्यमंत्री राउतले नारायाणी अस्पतालमा भोली सोमवार नै कोरोना भाइरसको परिक्षणकालागि पिसीआर मेशिन जडान हुने समेत बताउनु भएको छ ।

 

उहाँले कलैया असपताल प्रदेश सरकारको सम्पती हो संकटको बेलामा आफनै संरचनमा केही सामान जोडन सक्दा त्यो प्रदेश र प्रदेशका नागरिकको हुनै भन्दै अन्य कुनै दुरभावनाका कारण मैले बीरगंजमा अस्पताल संचालन नगरौ भन्न खोजेको होइन भन्नु भयो ।

 

प्रदेशको राजधानी जनकपुर ,प्रादेशीक अस्पताल जनकपुर अन्य संरचनाहरु जनकपुरहुदा एउटा पिसिआर मेशीन समेत बीरगंज नआउदा यस क्षेत्रका नागरिकले न्यायपूर्ण नभएको अनुभूती गर्दै आइरहेका छन । यस्तोमा मुख्यमंत्री लालबाबु राउतद्वारा ब्यक्त प्रतिवद्धताले सार्थकता पाउन आवश्यक छ । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.