logo

बीरगंजमा नारायणी अस्पताल नै बन्ने भयो कोभिड अस्पताल ,लगातार काम गर्दा पनि अस्पताल संचालनमा एक हप्ता लाग्ने

      4/13/2020 गते 00 00 मा प्रकाशित     1598   पटक पढिएको

बीरगंज १ बैशाख । 

बीरगंजमा कोभिड अस्पतालमा संचालनमा आउने भएको छ । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोभिड–१९ को संक्रमण देखिएपछि  अस्पतालको आवश्यकता खडकिएको थियो ।

 

त्यही आवश्यकतालाई महशुस गरेर, वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने दोश्रो तहको कोभिड अस्पताल तत्काल बन्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मंत्रालयले कोभिड अस्पताल संचालन गर्ने निर्णय गरेर नरायाणी अस्पताललाई पत्राचार गरेको छ । नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले पनि पत्रको प्रतिक्षामा रहेको जानकारी दिनु भयो ।

देशको मुख्य प्रवेशद्वार वीरगञ्जमा कोरोना विशेष अस्पतालको माग पहिलेदेखि नै हुँदै आएको हो । तर प्रदेश २ सरकारले बाराको कलैयास्थित जिल्ला अस्पताल र महोत्तरीको जलेश्वर स्थित जिल्ला अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेकोेले बीरगंज छायामा परेको थियो ।

यस अघि बीरगंज महानगरपालिकाले  गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पताललाई भाडामा लिएर कोरोना अस्पताल बनाउने विषय करिब–करिब टुंगोमा पुर्याएको थियो । तर  प्रदेश सरकारले त्यसो नगर्न भनेपछि बीरगंज महानगरपालिका  पछि हट्नुपरेको थियो।

तीन जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि बीरगंजमा भाइरस संक्रमणको जोखिम सतहमा आएको हो । त्यसले जोखिमको स्तरबढाएपछि बीरगंजमा कोराना उपचारको अस्थायी अस्पतालको आवश्यकता देखिएको हो ।  स्थानीय प्रशासनले यसको बिषयमा सम्बन्धीत मंत्रालयका सचिवसंग कुराकानी गरे पछि संघ सरकार अस्पताल खोल्ने निर्णयमा पुगेको हो ।

 


संघ सरकारले नारयाणी अस्पतालमा दोश्रो तहको कोभिड अस्पताल संचालन गर्ने भएको हो । दोश्रो तहको अस्पतालमा मध्यम र गम्भिर प्रकृतिका बिरामीको उपचार हुन्छ भने तेश्रो तहमा बहुबिज्ञ सेवा उपलब्ध हुने छ ।
बीरगंजमै नेशनल मेडिकल कलेजमा कोभिड क्लिनीक संचालनमा आउने छ ।

 

त्याहा हल्का खालको कारोना संक्रमणको उपचार हुन्छ । पहिला संघ सरकारले नारायणी अस्पतलालाई पनि कोभिड क्लिनीक संचालन गर्ने गरि छुट्टयाएको थियो । 

वीरगञ्जमा एक मात्र सरकारी नारायणी उपक्षेत्रीय अस्पताल हो । यहाँ एउटा मात्रै भेन्टिलेटर सुविधा छ भने कोरानाका सम्भावित विरामीलाई राख्न भनेर २५ वटा आइसोलेसन वार्ड बनाइएको छ । 

 


 सरकारी निर्णयछि कुनै अवरोध आएन र सबै साधन र स्रोतको परिचालन गर्न सकेमा कोभिड अस्पताल संचालन गर्न कम्तिमा एक हप्ता लाग्ने नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्याय बताउनुहुन्छ । 

नारायणी अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाए पछि त्याहा उपचारकालागि भर्ना रहेका बिरामीलाई अन्यत्र सार्नु पर्छ ।  अस्पताललाई शिल लगाउनु पर्छ । वतावरणीय रुपमा सरसफाई गर्नु पर्छ  त्यस पछि अन्य कुराको ब्यवस्थापन आवश्यक पर्छ । 


नारायणी अस्पतालमा भएको जनशत्तिmले मात्र कोभिड अस्पताल संचालन सम्भव हुदैन डा. उपाध्यायले भन्नु भयो “मधुमेह,बच्चालाई स्तनपान गराउने वा अन्य रोग भएका स्वास्थ्यकर्मीलाई उपचारमा सहभागि गराउन मिल्दैन त्यसैले जनशक्ति ब्यवस्थापनको बिषय पनि हाम्रा चुनौतीपूर्ण छ” ।

 

जनशक्ति आपूर्तीमा स्थानीय प्रशासनले ठिक भूमिका निर्वाह गर्न सक्नु पर्ने अवस्था छ । अस्पतालको अहिलेको सेटअपमा परिर्वतन गर्नु पर्छ  ।

 

दुईमात्र भेन्टिलेटर रहेको अस्पतालमा कम्तिमा २० वटा भेन्टिलेटर जडान हुनु पर्छ त्यही संख्यामा मोनिटरको आवश्यकता पर्छ । अन्य पूर्वाधार समेतको ब्यवस्था जरुरी हुन्छ । देर आए दुरुस्त आए भन्ने भनाईले सार्थकता पाएको कोभिड अस्पतालको नाारयणी सन्दर्भमा अन्य पूर्वाधार र सुरक्षा तथा क्लिनीकल उपकरणहरु बेलैमा आपूर्ती हुन सकोस । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.