logo

ओलीको बीरगंज आगमनलाई ऐतिहासिक बनाउन भब्य तयारी गर्दैछौः संयोजक यादव

 इसीमाना सम्वाददाता     २०७८ चैत २० गते ०९: ०७ मा प्रकाशित     1193   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले बीरगंजमा २२ गते सम्बोधन गर्ने बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी भब्यरुपमा भइरहेको छ ।

 

पार्टीका श्रद्धेय अध्यक्ष के.पी.आलीको बीरगंज आगमनलाई ऐतिहासिक बनाउन पार्टी पंक्ति युद्धस्तरमा तयारीमा लागेको प्रचार समितिका संयोजक बिचारी यादवले बताउनु भयो ।


बीरगंजको घण्टाघर स्थित बि.पी.उद्यानमा आमसभाकोलागि मंच र आम नागरिक बस्नकालागि पंडाल लगाउने काम अन्तिम चरणमा पुगेको यादवले बताउनु भयो । यादवले आमसभामा सहभागि हुन आउने पार्टी अध्यक्ष सहित बिशिष्ट अतिथि र आम नागरिकलाई स्वागत गर्नकालागि बीरगंज प्रवेश गरिने बिभिन्न नाका र कार्यक्रम स्थल नजिक गरि १२ वटा प्रवेशद्वार निर्माण गरिएको उहाँले बताउनु भयो ।

 

यादवले नेकपा एमाले मधेशको बिरोधी होइन सच्चा हिमायती हो भन्ने कुराको सन्देश बीरगंजबाट दिइने बताउनु भयो । के.पी.ओली सरकारमा आएपछि मधेशले बिकासको मूलप्रवाहमा आफूलाई समाहित गर्न पाएको तथ्य मधेशी जनताले बुझेका छन त्यसकारण नै मधेशमा एमालेमा प्रवेशको लहर चलेको संबिधान सभाको सदस्य समेत रहनु भएका यादवले बताउनु भयो ।

 

यादवले पार्टी अध्यक्ष के.पी.ओलीलाई सीमरा एयरपोर्टबाट बरगंजको कार्यक्रम स्थल सम्म हजारौ मोटरसाइकलले स्र्कटिङ गरेर ल्याउने तयारी भएको बताउनु भयो । उहाँेले अहिले २ हजार मोटरसाइकल तयार भएको बताउनु भयो ।

 


आमसभामा पर्साको राजनीतिलाई तंरगीत पार्ने गरि एमालेमा प्रवेशको तयारी भइरहेको उहाँले बताउनु भयो । प्रवेश गर्ने नेताहरुको बिषयमा भने एमालले केही खुलाएको छैन । पार्टी प्रवेश गर्नेहरुको बिषयमा नामावली सूची बनाउने जिम्मा पार्टी सचिव मनोज गुप्तालाई दिइएको यादवले बताउनु भयो । आमसभामा हजारौ नागरिकको सहभागिता गराउने एमालेले तयारी गरेको छ ।

 

जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाको संयोजकत्वमा जनपरिचालन गर्ने समिति बनाइएको यादवले बताउनु भयो । यादवले कार्यक्रमका बारेमा जानकारी दिनकालागि २१ गते दिउसो २ बजे होटेल कुमु प्यालेसमा पत्रकारहरुसंग एमाले नेताहरुले जानकारी गराउने गरि कार्यक्रम तय गरिएको संयोजक यादवले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.